Author: Nisha Shrestha

जुम्ला – माथिल्लो डोल्पामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि खटिएका कर्मचारी अलपत्र परेका छन् । मतदान सम्पन्न भएपछि हेलिकाेप्टरले मतपेटिका लिएर गएकाे तर कर्मचारीलाई नलगेपछि उनीहरू अलपत्र परेका हुन् ।  माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो, छार्काताङ्साङ र डोल्पोबुद्धमा पर्ने २२ मतदान केन्द्रमध्ये १२ मतदान केन्द्रका १३५ कर्मचारी खटिएका थिए । माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिका-१ कोवासस्थित सहिद दशरथचन्द आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा खटिएका कर्मचारी कमल बोहोराले चिसोका कारण पाँच कर्मचारी बिरामी परेको बताए । ‘कर्मचारीलाई चिसोका साथै खान र बस्न समस्याका भएको छ,’ उनले भने, ‘समयमै सदरमुकाम दुनै नझारिए धेरै कर्मचारी बिरामी हुने खतरा छ । उनीहरूलाई टाउको दुख्ने, वाकवाकी लाग्ने र सास फेर्न गाह्रो हुने…

Read More

काठमाडौँ – बर्दिया क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका लालवीर चौधरी निर्वाचित भएका छन् । नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी बुबा लालवीर स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित भएका हुन् । लालवीरसंग माओवादीका सुरेश पन्थ १३५ मतले पराजित भएका हुन । बर्दिया २ को नतिजा आइसकेपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको छैन ।

Read More

बैतडी – बैतडीमा प्रदेश सभा तर्फको अन्तिम मतपरिणाम आज साँझ सम्म आउने भएको छ । दुवै क्षेत्रमा एक एक पालिकाको मतगणना मात्रै बाँकी रहेकाले आज साँझ सम्म मत परिणाम आउन अनुमान गरिएको छ । प्रदेश सभा (क) मा पुर्चौंडी नगरपालिकाको मतगणना शुरु भइसकेको छ भने अन्य पालिकाको मतगणना सम्पन्न भइसकेको छ । जारी मतगणना अनुसार प्रदेश सभा (क)मा एमालेका उम्मेदवार सुरेन्द्र पालको अग्रता कायमै रहेको छ । एमालेका पाल ९ हजार ९१ मतका साथ अग्रस्थानमा रहेका छन् । उनलाई स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले ८ हजार १४४ मत सहित पछ्याइरहेका छन् । यो क्षेत्रमा नेपाली कांग्रेसका बिरबहादुर बिष्टले ६ हजार ४५०…

Read More

दार्चुला – दार्चुलामा प्रतिनिधि सभा तर्फ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडूले फेरी अग्रता लिएका छन् । अघि सम्म एमालेका उम्मेदवार गणेशसिंह ठगुन्ना भन्दा पछि रहेका बडूले ४८ मतको अग्रता बनाएका हुन् । प्रतिनिधि सभा तर्फको २७ हजार ५७७ मत गणना हुँदा बडूले १३ हजार २३० मत प्राप्त गरेका छन् । यस्तै एमालेका ठगुन्नाले १३ हजार १८२ मत प्राप्त गरेका छन् । राप्रपाका नरेन्द्रसिंह धामीले २१३ मत पाएका छन् ।

Read More

कैलाली – कैलालीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ५ मा कांग्रेसका उम्मेदवार डिल्लीराज पन्तले अग्रता लिएका छन् । अहिलेसम्म ११ हजार दुई सय ४२ मतगणना हुँदा लोकतान्त्रिक वाम गठबन्धनकातर्फबाट कांग्रेसका उम्मेदवार पन्तले तीन हजार आठ सय ९१ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नारदमुनि रानाले तीन हजार सात सय ७६ प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा तेस्रो नम्बरमा छन् । उनले एक हजार छ सय ८१ मत ल्याएका छन् ।

Read More

बैतडी – बैतडीको दोगडाकेदारमा मङ्गलबारदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । मङ्गलबार दिउँसो ३ बजे दोगडाकेदार गाउँपालिका–३ खिरेगाउँमा तार चुँडिदा विद्युत् सेवा अवरुद्ध यहाँको अधिकांश क्षेत्र अन्धकारमय बनेको छ । विद्युत् सेवा अवरुद्ध हुँदा अन्धकारमा बस्नुपरेको श्रीकोटका गणेशसिंह विष्टले बताए । विद्युतका कारण सञ्चारका उपकरण नचल्दा निर्वाचनको मतपरिणाम सुन्न उत्सुक व्यक्ति पनि विञ्चित भएका छन् । उनले भने, “विद्युत् अवरुद्ध हुँदा अन्धकारमा बस्नु परेको छ, मोबाइलसमेत अफ हुँदा सञ्चारविहीन हुनुपरेको छ ।” विद्युत्बाट सञ्चालन हुने मिल पनि बन्द रहेका छन् । यता नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टले भने विद्युत्को लाइन मर्मतका लागि प्राविधिक कर्मचारी खटाइएको बताए…

Read More

काठमाडौं – प्रतिनिधिसभाअन्तर्गत अछाम २ मा नेपाली कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाहले अग्रता फराकिलो पारेका छन् । बुधबार बिहान ११ बजेसम्म ३३४१८ मत गणना हुँदा शाहले एमाले उम्मेदवार यज्ञबहादुर बोगटीलाई ६ हजारभन्दा बढी मतले पछि पारेका छन् । शाहले १८९८४ र बोगटीले १२७६० मत पाएका छन् । अछाम १ बाट भने एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भइसकेका छन् । उनले एमालेका झपट रावललाई पराजित गरे । २०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा अछामका दुवै क्षेत्र एमालेले जितेको थियो । यसपटक एमालेले भीम रावललाई समेत टिकट नदिएकाले त्यसको असर चुनावमा देखिएको छ ।

Read More

काठमाडौं – माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले निर्वाचन परिणामको समग्र विश्लेषण र संश्लेषण गर्नैपर्ने बताएका छन् । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मतगणना जारी रहेकै बेला बुधबार उनले अहिलेको निर्वाचनले निश्चित सन्देश दिएको बताएका छन् । यसबारे पार्टीमा बहस र छलफल हुनुपर्ने उनको तर्क छ । निर्वाचनको परिणामबारे अहिलेसम्म माओवादीका ठूला नेता कसैले पनि टिप्पणी गरेका छैनन् । सबैले नतिजा कुरिरहेका छन् । तर, नेता श्रेष्ठले भने बुधबार सामाजिक सञ्जालबाट निर्वाचन परिणामबारे विश्लेषण र संश्लेषण गर्नुपर्ने तर त्यसका लागि घोत्लिन जरुरी नभएको उल्लेख गरेका छन् । उनले सबै आँधीबेरी जीवन ध्वंश गर्न नभई बाटो सफा गर्न पनि आउने बताएका छन् ।…

Read More

धनगढी – दार्चुला प्रदेशसभा (१)मा नेपाली कांग्रेसका विक्रमसिंह धामी निर्वाचित भएका छन्। उनी १३ हजार ८२४ मत ल्याउँदै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हरदेव जोशीले ११ हजार ९८० मत पाए। यसअघि प्रदेशसभा (२)मा नेकपा माओवादीका मानबहादुर धामी निर्वाचित भएका थिए।

Read More

कञ्चन्पुर – निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका उम्मेदवार नारायण प्रकाश साउदले मत परिणाममा अग्रता कायमै राखेका छन् । उनले हालसम्म १५,४०९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धवन्दी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेद्वार नर बहादुर धामीले १२,३४३ मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार झंकर राज जोशीले २,२०० मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार अशोक बहादुर सिहले १,७४८ मत,हाम्रो नेपाली पार्टीका उम्मेद्वार जगदिश अवस्थिले ३३१, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उम्मेद्वार लोक राज भट्टले १४९ मत प्राप्त गरेका छन् ।

Read More