Author: Nisha Shrestha

महेन्द्रनगर – भोलि हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावलाई शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्था चुस्त एवं सुदृढ पारिएको छ । निर्वाचनको समयमा सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा राखेर सुरक्षा व्यवस्थापन गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक एवं प्रवक्ता भोला रावलले निर्वाचनलाई भयरहित, स्वच्छ, निष्पक्ष रुपमा सम्पन्न गराउन सुरक्षा व्यवस्था सुदृढ पारिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल प्रहरीका मात्रै मोबाइल गस्ती एकसय ७७ र २० अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ, संवेदनशील मानिएका क्षेत्रमा हेलिकप्टर गस्तीसमेत हुन लागेको छ ।” निर्वाचनलाई…

Read More

धनगढी – कञ्चनपुरमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ताबीच झडप भएको छ । हिजो (शुक्रबार)राति जिल्लाको भीमदत्त नगरपालिका–१ राजिपुरमा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको हो । प्रहरीका अनुसार कुटपिटबाट दुई जना घाइते भएका छन् । ४१ वर्षीय कांग्रेस कार्यकर्ता हिक्मतबहादुर बिष्ट र एकीकृत समाजवादीका ६४ वर्षीय रतनबहादुर बिष्टबीच कुटाकुट भएको बताइएको छ । दुवै जनालाई चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यस्तै हिक्मतको टाउकोमा चोट लागेको र रतनबहादुरको चिउडोमा चोट लागेको प्रहरीले बताएको छ । अहिले उनीहरुलाई उपचारका लागि धनगढी रिफर गरिएको छ । झगडाको कारण भने खुलेको छैन ।

Read More

रोल्पा – आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा पुरुषको तुलनामा महिला मतदाता सङ्ख्या बढी रहेको छ । जिल्लामा अधिकांश पुरुष वैदेशिक रोजगारीका क्रममा लामो समय देशबाहिर भएका कारण महिला मतदाताको सङ्ख्या बढी देखिएको बताइएको छ । जिल्लामा एक सय ७७ मतदान केन्द्रबाट एक लाख ४५ हजार चार सय ७१ मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन अधिकारी पदमबहादुर डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशसभा १ मा ६८ हजार एक सय ६४ र प्रदेशसभा २ मा ७७ हजार तीन सय सात ४७१ मतदाता छन् । जिल्ला निर्वाचन कार्यालय रोल्पाले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । नेपाली…

Read More

टोकियो – उत्तर कोरियाले जापानी सागरमा शुक्रबार क्षेप्यास्त्र प्रहार गरेपछि जापान र संयुक्त राज्य अमेरिकाले जापानको सागरमाथिको हवाई क्षेत्रमा संयुक्त सैन्य अभ्यास गरेको टोकियोका रक्षा अधिकारीहरूले बताएका छन्। उत्तरको ब्यालिस्टिक मिसाइल होक्काइडोको पश्चिममा रहेको देशको विशेष आर्थिक क्षेत्र ९ईईजेड० भित्रको पानीमा खसेको बताइरहेका बेला जापानका रक्षा अधिकारीको भनाइ सार्वजनिक भएको हो। ईईजेड जापानको तटीय रेखाबाट यसको क्षेत्रीय पानीको सीमाभन्दा बाहिर २०० समुद्री माइलसम्म फैलिएको छ। जापान वरपर बढ्दो गम्भीर सुरक्षा वातावरणबीच जापान सेल्फ डिफेन्स फोर्स र अमेरिकी सशस्त्र बलहरूले द्विपक्षीय अभ्यास गरे, जापानी रक्षा मन्त्रालयद्वारा वितरित जोइन्ट स्टाफको विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘जापानको समुद्रमा विशेष आर्थिक क्षेत्रभित्र उत्तर…

Read More

सिन्धुपाल्चोक – विसं २०७२ वैशाख १२ को भूकम्पपछि थाई नेपाली सङ्घले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ शिखरपुरमा बनाइदिएको नमूना माझीगाउँका ४६ घर प्रयोगविहीन बनेका छन् । भूकम्पलगत्तै रोटरी इन्टरनेशनलसमेतको सहयोगमा थाई नेपाली सङ्घले रु एक करोड सात लाख खर्चेर नमूना बस्ती बनाएको थियो । फराकिलो भए पनि एककोठे घर व्यावहारिक नभएपछि विकल्प खोज्नुपरेको धनबहादुर माझीले बताउनुभयो । बाक्लो नमूना बस्तीमा रहेको घरमा माझीले ताल्चा झुन्ड्याउनुभएको छ । माझीले बस्तीको पछाडि छकोठे आरसिसी घर ठड्याउनुभएको छ । तेह्र सदस्यीय परिवार नमूना बस्तीको एककोठे घरमा नअटेपछि अर्को घर बनाउनुपरेको माझीले बताउनुभयो । तत्काललाई नमूना बस्तीले सुविधा दिए पनि अहिले प्रयोगविहीन बनेको सीता माझीले बताउनुभयो…

Read More

नेपालगञ्ज – नेपालगञ्जबाट कर्णालीको हिमाली जिल्ला हुम्ला पठाउने चामल नेपालगञ्जमै थन्किएको छ । हवाई मार्गबाट ढुवानीका लागि टेण्डर आह्वान गर्दा मापदण्डअनुसारको बोलपत्र नपरेको र स्थलमार्गबाट ढुवानी गर्न समस्या भएकाले हुम्ला जिल्लामा चामल ढुवानी हुन नसकेको हो । सरकारले यस वर्ष नेपालगञ्जबाट हुम्लामा तीन हजार पाँच सय क्विन्टल चामल पुर्याउने कोटा तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट पुर्याउने भनिएको उक्त चामल भने ढुवानी हुन नसकी नेपालगञ्जमै थन्किएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले बताउनुभयो । उहाँका अनुसार सम्झौता गरिएको फर्मले चामल ढुवानी गरेको छैन । तीन हजार पाँच सय क्विन्टलमध्ये दुई हजार क्विन्टल चामल…

Read More

कैलाली – मङ्सिर ४ गते हुने निर्वाचनका लागि कैलालीमा मतदान गराउन खटिएका कर्मचारी यतिबेला मतदान केन्द्र निर्माण र सर्वपक्षीय छलफलमा व्यस्त रहेका छन् । बिहीबार मतदान केन्द्रमा मतदान सामग्रीसहित पुगेका उनीहरू शुक्रबारदेखि सर्वपक्षीय छलफल र मतदान केन्द्र निर्माणमा जुटेका छन् । मतदान सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगी त्यहाँ गर्नुपर्ने काममा जुटिसकेकाले अब निर्वाचन तयारीको अन्तिम चरणमा पुगिसकेको निर्वाचन आयोगको कार्यालय कैलालीले जनाएको छ । कैलाली निर्वाचन क्षेत्र नं १ को मोति मावि मोतिनगर मतदानस्थलका मतदान अधिकृत श्यामराज पाण्डेले निर्वाचनअघि गर्नुपर्ने सबै काम भइरहेको बताउनुभयो । “मतदानस्थल तयार, राजनीतिक दलसँग छलफललगायतका कार्य सकेका छौँ”, उहाँले भन्नुभयो, “मङ्सिर १ गते…

Read More

चितवन – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाको मुख्य सहरी क्षेत्रका तीन स्थानमा शङ्कास्पद वस्तु भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० आँखा अस्पताल नजिक र वडा नं १२ आस्था चोकमा शङ्कास्पद वस्तु भेटिएको हो । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुई स्थानमा नै निर्वाचनविरोधी गतिविधि गर्ने समूहले प्रेसरकुकरमा शङ्कास्पत वस्तु राखेका हुन् । निर्वाचनको समयमा त्रास फैलाउनका लागि यस्तो गरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उक्त वस्तुलाई आज बिहान ३ः३० बजे निस्क्रिय पारिएको कार्यालयले जनाएको छ । यस्तै भरतपुर माहानगरपालिका–१६ वडा कार्यालय नजिक सिलिण्डरमा आगो लगाएर छाडेको…

Read More

इलाम – मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षा तयारी इलाममा पूरा भएको छ । दुई सङ्घीय र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको इलाममा चारवटै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालित भएका छन् । म्यादी प्रहरीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी एकीकृत सुरक्षा योजनाअनुसार परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाले जानकारी दिनुभयो । “दश पालिका रहेको इलामका सम्पूर्ण क्षेत्रमा सुरक्षाकर्मी परिचालन भइसकेका छन्”, उहाँले भन्नुभयो, “सम्पूर्ण मतदानस्थल तथा केन्द्रमा निर्वाचनका लागि खटाइएका कर्मचारीका साथ सुरक्षा टोली शुक्रबार पुगिसकेका छन् । निर्वाचन सुरक्षाका सबै तयारी पूरा भइसकेको इलाममा भयरहित निर्वाचन सम्पन्न हुनेमा हामी…

Read More

रुपन्देही – मोटरसाइकल दुर्घटनामा रुपन्देहीका पत्रकार एनबी (नरबहादुर) कँडेलको निधन भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा शुक्रबार साँझ तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा लु१क ५२७६ नंको रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी)ले कँडेल सवार लु४४प ८२०१ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । रुपन्देहीको सैनामैना नगरपालिका–१ रानी बगिया स्थायी घर भई बुटवलमा बस्दै आएका ३५ वर्षीय कँडेलको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो । ठक्कर दिने सवारी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Read More