Author: Nisha Shrestha

विराटनगर – विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाले शान्ति सुरक्षाको माग गरेका छन् । तस्करबाट आएको धम्की तथा सुरक्षा निकायबाट भएको असहयोगपछि कर्मचारीको ज्यान जोखिममा रहेको भन्दै प्रमुख सापकोटाले भन्सार विभाग तथा अर्थ मन्त्रालयसँग शान्ति सुरक्षाको माग गरेका हुन् । चालु आर्थिक वर्षमा राज्यको राजस्व लक्ष्यको तुलनामा प्रगति अत्यन्तै न्यून भएको र त्यसको वृद्धिको वैकल्पिक उपाय अवलम्बन गर्दा तस्करहरूले आक्रमण गर्ने स्थिति आएको सापकोटाले जनाएका छन् ।  उनले एक विज्ञप्ति नै जारी गर्दै तस्करहरूले ज्यान मार्ने धम्की दिएकोले आईसीपीबाट ६ किलोमिटर दूरीमा रहेको क्वाटरसम्म आफू पुग्न र कर्मचारीलाई काम सकेर गन्तव्यतर्फ फर्किन ज्यान जोखिम भएको भन्दै असुरक्षा महसुस गरेको…

Read More

बागलुङ – पछिल्लो समय नेपालमा रैथाने बाली लोप हुने अवस्थामा पुग्न थालेको छ । बागलुङमा धेरै उत्पादन हुने अन्नको रुपमा रहेको कोदोबालीको पछिल्लो समय प्रवद्र्धनपछि महत्व बढ्दै गएको छ । कोदोखेती विस्तारै घट्दै गएपछि कृषि ज्ञान केन्द्रले समेत रैथाने बाली संरक्षण अभियान चलाएको छ । बागलुङका किसानले भर्खरै मात्र कोदो थन्काएका छन् । पछिल्लो समय भने कोदोको परिचय बदलिएको छ । गाउँघरको मुख्य खानाको परिकारका रुपमा रहेको कोदो पछिल्लो समय सहरको आकर्षक खानाको परिकारमा परेको छ । अहिले गाउँमा भन्दा सहरका रेष्टुराँ र होटलमा कोदोको परिकार पाक्ने गरेको छ । निकै झन्झटिलो बालीका रुपमा रहेको कोदोको महत्व पछिल्लो समय बढ्दै…

Read More

कैलाली – कैलालीको टीकापुरका गजेन्द्र शाही (गज्जु) फुटबलका लागि निकै लोकप्रिय नाम हो । सानै उमेरदेखि फुटबल खेलमा निपुण हुँदै जानुभएका उहाँको ऊर्जावान समय खेलकुदमै बित्यो । उहाँले मेयरकपबाट फुटबल खेल सुरुआत गर्नुभएको थियो । तत्कालीन समयमा टीकापुरका लागि मेयर कप निकै महत्वपूर्ण खेलकुद प्रतियोगिताको रुपमा चिनिन्थ्यो । उहाँले फुटबल खेल्दै जाँदा थुप्रै फुटबल प्रतियोगिता खेल्ने अवसर पनि पाउनुभयो । शाहीले ए डिभिजन लिगसम्मको फुटबल यात्रा पु¥याएको बताउँदै सुदूरपश्चिमलाई मेडल जिताउन सफल भएको बताउनुभयो । “२०७१ मा सुदूरपश्चिमबाट राष्ट्रिय लिग खेलेको थिए । मुख्यमन्त्री कपको सुदूरपश्चिमको कप्तनी गर्ने अवसर पनि पाए ।” शाहीले भन्नुभयो, “पाँच वर्षदेखि सुदूरपश्चिमको कप्तानको रुपमा काम…

Read More

काठमाडौं – नयाँ प्रतिनिधिसभामा मधेश प्रदेशबाट ५३ जना सांसदको प्रतिनिधित्व रहने भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)मार्फत ३२ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत २१ जना गरी मधेश प्रदेशबाट ५३ जनाले प्रतिनिधिसभामा प्रतिनिधित्व जनाउने भएका हुन् । मधेश प्रदेशमा आठवटा जिल्ला छन् र प्रत्येक जिल्लामा चारवटा निर्वाचन क्षेत्र छन् । ति निर्वाचन क्षेत्रबाट ३२ जना प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिकबाट २१ जना सहभागी हुने भएका हुन् । २७५ जना रहने प्रतिनिधिसभामा ५३ जना सहभागी भएर मधेश प्रदेशबाट १९.२७ प्रतिशतको प्रतिनिधित्व रहने भएको हो । समानुपातिकबाट १६ महिला र ५ पुरुष सहभागी हुनेछन् । जसमध्ये एमाले र कांग्रेसले मधेश…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहमा नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेसँगै यसले मुलुकमा जनउत्तरदायी लोकतान्त्रिक अभ्यासलाई थप सबलीकरण गरेको बताउनुभएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घको तेस्रो महाधिवेशनको उद्घाटन समारोहमा आज उहाँले अबको प्राथमिकता सङ्घीयता र लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको स्थानीय सरकारको सबलीकरण गरी नागरिकमा सुशासन र विकासको अनुभूति गराउने हुनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “संविधानको साझा अधिकारको सूचीमा रहेका केही द्विविधा र अस्पष्टतालाई थप स्पष्ट गर्दै सङ्घीयताको सफल कार्यान्वयनमा अघि बढ्न हामी सबै एकजुट हुन आवश्यक छ, सङ्घीय सरकारले तदारुकता देखाइ प्रदेश र स्थानीय तहलाई क्रमशः कानुन बनाउन तथा कार्यान्वयनमा उतार्न सहजीकरण गर्नुपर्ने खाँचो छ, पुराना कानुनलाई संविधान…

Read More

काठमाडौं – सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पठाएको पत्रबारे सोधेको प्रश्नको अहिले जवाफ दिनुनपर्ने संघीय संसद् सचिवालयले जनाएको छ । निलम्बित प्रधानन्याधीश जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भन्ने संघीय संसद सचिवालयको सर्वोच्च अदालतलसहित राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संवैधानिक परिषद्लाई पत्र पठाएको थियो । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र पठाएपछि सोही दिन बसेको सर्वोच्चको पूर्णबैठकले पत्राचार गर्दै थप जिज्ञासा राखेको थियो । यसपछि महासचिव गौतमको उक्त पत्र बदरविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले उक्त पत्र कार्यान्वयन नगर्ने/नगराउन र अन्तरिक आदेश जारी गर्दै संघीय संसद सचिवालयसँग जवाफ मागेको…

Read More

धनगढी- सुदूरपश्चिमको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालयमा तालाबन्दी गरिएको छ। आइतबार धानको मूल्य निर्धारण गरेर पनि धान खरिद नगरेको भन्दै प्रदेश कार्यालयमा तालाबन्दी गरिएको हो। नेपाली कांग्रेसको नेपाल किसान महासङ्घ र नेकपा एमालेको अखिल नेपाल किसान महासंघले संयुक्त रूपमा कार्यालयमा तालाबन्दी गरेका हुन्। सरकारले कात्तिक १६ गते धानको मूल्य निर्धारण गरेको थियो। तर त्यो मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किसानसँग धान खरिद नगर्दा किसानले सस्तोमा धान बेच्न बाध्य भइरहेका छन्। सरकारले तोकेकै मूल्यमा तत्काल किसानको धान खरिद गर्न माग गर्दै कार्यालयका तालाबन्दी गरिएको अखिल नेपाल किसान महासंघ स्थायी कमिटी सदस्य डेजी पाण्डेले बताए। उनले भने, ‘किसानको धान किन्ने…

Read More

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३१.९७ अंकले घटेर १८८५.३१ विन्दुमा झरेकाे छ । नेप्से १.६७ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.२८ अंकले घटेर ३६७.३६ विन्दुमा झरेकाे छ। कूल २२५ वटा कम्पनीकाे २० लाख २८ हजार ३ सय ४८ कित्ता सेयर खरिदबिक्री हुँदा ७७ करोड ४९ लाख ११ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै बैंकिङ्ग समूह घटेकाे छ । आज शिवम् सिमेन्टकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १० कराेड ९३ लाख…

Read More

पोखरा- विश्वकै पर्यटकीय क्षेत्र पोखराको लेकासाइड । त्यसैमा थप सुन्दरता र धार्मिक आस्थाको केन्द्र फेवातालको बीचमा अवस्थित बाराही भगवतीको मन्दिर । स्वदेशी तथा विदेशी भक्तजनको मन्दिरमा दर्शन र पूजाआजा गर्न दैनिक रुपमा भीड लाग्ने गर्छ । पोखराकै प्रसिद्ध मानिने बाराहीदेवीको मन्दिर विसं २०७२ को भूकम्पले तीन इन्च दक्षिण तर्फ कोल्टिएपछि पुनःनिर्माण गर्नुपर्ने देखिएसँगै पुनःनिर्माणको कार्यलाई अघि बढाइएको छ । फेवातालको बीचभाग अर्थात् पानीको बीचभागको ढिस्कोमा मन्दिर भएकै कारण मन्दिर ढल्किँदा झनै जोखिम देखिएको छ । जोखिम बढ्दै गएपछि ढल्किएको मन्दिर पुनःनिर्माणका लागि बाराही मन्दिर व्यवस्थापन समिति र पुरातत्व विभागले पुनःनिर्माणका लागि काम अगाडि बढाइसकेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले…

Read More

कञ्चनपुर – कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका वडा नं १ का ५० बर्षीय कृष्णदत्त पन्तको परिवार २०२२ सालमा बैतडीबाट बसाइँ सरेर यहाँ आयो । यहाँ आउँदा दोधाराचाँदनीको भौगोलिक अवस्था र त्योबेलाको दुःख उहाँलाई अहिले सपना जस्तै लाग्छ । “यहाँ वन फँडानी गरेर बस्ती बसेको थियो”, विगत सम्झिँदै पन्तले भन्नुभयो, “अहिले बस्तीमा आठ लेनको पक्की सडक र छेउमै सुक्खा बन्दरगाह बन्ला बन्ने सोच्न पनि सकेका थिएनौँ ।” महाकाली नदीमा पक्की पुल निर्माणसँगै दोधाराचाँदनीमा सुक्खा बन्दरगाह प्रस्तावित क्षेत्रसम्म करिब नौ सय मिटर छ लेनको कालोपत्रे सडक बनेपछि यस क्षेत्रको जग्गाको मूल्यसमेत आकासिएको छ । “पहिले बाढी र महेन्द्रनगर जाने स्थलमार्ग नहुँदा यहाँ प्रतिकट्ठा जमिन…

Read More