Author: Nisha Shrestha

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले मतदान गरेका छन्। नेकपा माओवादी केन्द्रका नेता शर्माले आज बिहान ७ बजे श्री यमुना नन्द नमुना माध्यामिक विद्यालय मतदान केन्द्र मुसिकोट न पा, ५ सेरीगाउ रुकुम पश्चिममा मतदान केन्द्रबाट मतदान गरेका हुन्। शर्मा रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार पनि हुन्।

Read More

चितवन – नयाँ सांसद चुन्नका लागि आज देशभरि मतदान भइरहेको छ। आइतबार बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजेसम्म हुनेछ। आममतदातासँगै विभिन्न दलका शीर्ष नेताहरूले पनि अहिले मतदान गरिरहेका छन्। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनमा मत खसालेका छन्। गोरखा २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका प्रचण्डले भरतपुर-१४ शान्तिपुरस्थित नेपाल पुलिस स्कुलमा मतदान गरेका हुन्। मतदान गरेपछि प्रचण्डले प्रधानमन्त्रीका नाममा अहिलेको सत्ता गठबन्धन नटुट्ने बताए। अहिलेको गठबन्धनबाट चुनावपछि को प्रधानमन्त्री हुने भन्ने सार्वजनिक भएको छैन। गोरखाबाट चुनाव लडेको विषयमा बोल्दै प्रचण्डले भने( चितवन छोडेको होइन, गोरखा गएको मात्रै हो।

Read More

महेन्द्रनगर – लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचन अर्थात् प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा देश भर मतदान सुरु भएको छ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि सुरु भएको मतदान प्रक्रिया अपरान्ह ५ बजेसम्म चल्नेछ । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ । निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभा र प्रदेशसभाको यो…

Read More

धनगढी – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने निर्वाचनमा डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्दै छन्। यसका लागि देउवा केही दिनदेखि डडेलधुरामा रहेका छन्। प्रधानमन्त्री देउवाले बिहान ९ बजे मतदान गर्ने जनाइएको छ। विसं २०४८ देखि लगातार निर्वाचित प्रधानमन्त्री देउवा पुनः सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार छन्। प्रधानमन्त्री देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीका अनुसार प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्ने छन्। विसं २०४८ देखि लगातार निर्वाचित प्रधानमन्त्री देउवा पुनः सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार छन्। प्रधानमन्त्री देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीका अनुसार प्रधानमन्त्री पत्नी डा आरजु राणा…

Read More

धनगढी – आइतबार अर्थात् ४ गते हुने आम निर्वाचनका लागि सबै तयारी पुरा भइसकेको निर्वाचन आयोगले जनाएको छ। सुदूरपश्चिम प्रदेशबाट ३२ प्रदेश र १६ प्रतिनिधिसभा सदस्य चयनका लागि आम निर्वाचनको तयारी पुरा भएको हो। मतदान सम्पन्न भएको ५ दिनभित्रै प्रत्यक्षतर्फको सम्पुर्ण नतिजा आइसक्ने गरी तयारी थालिएको आयोगले जनाएको छ। प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भइसकेको निर्वाचन आयोग सुदूरपश्चिम प्रदेशका निमिक्त प्रमुख प्रेमराज भट्टले बताए। यसका लागि आवश्यक कर्मचारीसहित सबै प्रबन्ध मिलाइसकिएको भट्टले बताए।

Read More

काठमाडौँ – शनिबार राति १२ बजेदेखि आइतबार मतदान सम्पन्न नहुँदासम्म गाडी चलाउन नपाइने भएको छ। निर्वाचनको सुरक्षालाई लक्षित गरी गृह मन्त्रालयले १२ बजेदेखि गाडी चलाउन रोक लगाएको हो। आइतबार बिहानैदेखि मतदान रहेकाले निर्वाचन सुरक्षालाई बलियो बनाउन अत्यावश्यक बाहेकका सवारी साधन चलाउन रोक लगाइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए। निर्वाचनको दिन साँझ ५ बजेसम्म सवारी चलाउन रोक लगाइएको छ। आइतबार बिहान ७ बजेदेखि प्रतिनिधि सभा र प्रदेश सभाका लागि देशभरी मतदान हुँदैछ।

Read More

काठमाडौँ – निर्वाचन आयोगले निर्वाचनमा खटिएका कर्मचारीको निधनप्रति दुःख व्यक्त गरेको छ । सहसचिव एवं आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शनिबार एक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेका हुन् । आइतबार मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सदस्य निर्वाचनका लागी सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको वडा नम्बर ४ स्थित फुर्के सामुदायिक वन उपभोक्ता समूह मतदान केन्द्रमा मतदान अधिकृतको रूपमा खटिएका सर्लाही हरिपुरुवाका विल्टु राय शनिवार बिहान सुतीरहेकै ठाउँमा मृत भेटिएका थिए । यस्तै धनकुटाको साघुँरीगढी ३ स्थित सिद्धेश्वरी आवासीय विद्यालय मतदान केन्द्रमा सहायक कर्मचारीका रूपमा खटिएकी धनकुटा साघुँरीगढी ३ कि पवित्रा लिम्बुको मङ्सिर २ गते बिरामी परी उपचारको क्रममा निधन भएको…

Read More

धनगढी – सुदूरपश्चिममा प्रदेश र प्रतिनिधिसभा सदस्य गरी ४८ प्रतिनिधि छनोट गर्न मतदानस्थल र मतदान केन्द्रबाट आइतबार बिहान ७ बजेदेखि मतदान सुरु हुने बएको छ । मतदानका लागि सबै तयारी पुरा भइसकेको निर्वाचन आयोगले जनाएको छ। सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीबाट प्रदेश र प्रतिनिधिसभा सदस्य छनोट हुनेछन्। प्रतिनिधितर्फ ५ र प्रदेशतर्फ १० गरी १५ सदस्य कैलालीबाट चुनिने भएका हुन्। कैलालीमा निर्वाचनको सम्पुर्ण तयारी पुरा भइसकेका जिल्ला निर्वाचन कार्यालय कैलालीले बताएको छ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकिएको जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले बताए। ‘मतदानस्थल तथा मतदान केन्द्रमा प्रमुख मतदान अधिकृतदेखि सहायक मतदान अधिकृत खटिइसकेका छन्।…

Read More

कपिलवस्तु – नैतिक आचरण विपरीत मदिरा सेवन गरेको आरोपमा एक मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ । जिल्लाको क्षेत्र नम्बर ३ (२) को कृष्णनगर नगरपालिका–४ मा रहेको गणेश आधारभूत विद्यालय बालानगर ‘ख’ केन्द्रका मतदान अधिकृत वेदप्रसाद पन्थीलाई जिम्मेवारीबाट हटाइएको हो । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन निर्देशिका ०७९ को ८३ (१) अनुसार उनलाई जिम्मेवारीबाट हटाएर यमलाल न्यौपानेलाई मतदान अधिकृत पदमा नियुक्त गरी खटाइएको निर्वाचन अधिृकत प्रकाश मरासिनीले बताए । उनले निर्वाचनका लागि बुझेको रकम समेत फिर्ता गर्न निर्देशन गरिएको छ । उनले मदिरा सेवन गरी लापरबाही गरेकाले जिम्मेवारीबाट मुक्त गर्नु परेको अधिकृत मरासिनीले बताए ।

Read More

वीरगञ्ज – मौन अवधिमा चुनाव प्रसार गरेको भन्दै प्रहरीले पर्साबाट दुई जनालाई पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिका–४ का ४५ वर्षीय सहवीर अहमद र सिन्धुलीको दूधौली–९ का २१ वर्षीय सुरज साहलाई पक्राउ गरेको हो । सुरज सवारी चालक हुन् । पर्सा–४ मा पर्ने कालिकामाई गाउँपालिका–१ मुड्लीमा गस्ती गरिरहेको नेपाली सेनाको टोलीले शनिबार दिउँसो बा १४ च ४७ ४८ नम्बरको गाडी चेकजाँच गरेको थियो । गाडीबाट नक्कली मतपत्र ५९८ थान र ४ थान स्वस्तिक छाप बरामद भएपछि उनीहरुलाई पक्राउ गरेर सेनाले नेपाल प्रहरीको जिम्मा लगाएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक…

Read More