Author: Nisha Shrestha

डडेलधुरा – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रवाट मतदान गरेका छन । सत्तारुढ गठबन्धनका साँझा उम्मेदवारसमेत रहेका प्रधानमन्त्री देउवाले गृह जिल्ला पुगेर मतदान गरेका हुन ।

Read More

काठमाडौं – छिटपुट अवरोधका बीच देशभर प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान जारी छ । आइतबार बिहानदेखि मतदान सुरु भएको हो । निर्वाचन आयोगले अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको छ । त्यसबीचमा मतदान गर्न लाइनमा बसेका मतादाताले मत खसाल्न पाउने भएका छन् । यसपटक मतदान केन्द्रमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छैन । काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, गोरखा, झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही, पर्सालगायतका जिल्लाबाट न्युज कारखानाका संवाददाताका अनुसार मतदान केन्द्रमा बिहानैदेखि पातलो लाइन छ । बिहानको सवा १० बजे भइसक्दा पनि मतदाताको भीड देखिएको छैन । निर्वाचन आयोगले देशभर ७५ प्रतिशत मत खस्ने अनुमान गरेको छ । तर, मतदान केन्द्रमा…

Read More

चितवन – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चितवनमा मत पेटिका जलाएपछि प्रहरीले हवाइ फायर गरेको छ। चितवन निर्वाचन क्षेत्र नम्बर १ मा विप्लव समुहले मतपेटिका जलाए पछि प्रहरीले हवाइ फायर गरेको हो ।  राप्ती नगरपालिका–८ मा रहेको ब्रह्मास्थान राष्ट्रिय आधारभुत विद्यालयको ख मतदान केन्द्र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका जलाएका हुन्। उनीहरुले ‘ख’ मतदान केन्द्रका चार मतपेटिकामध्ये एउटा जलाएको चितवनका डीएसपी सुदन आचार्यले सञ्चारकर्मीलाई जानकारी दिए । ‘ मतदान केन्द्रका चार वटा मतपेटिकामध्ये एउटा मतपेटिका जलेको छ तर, मतपत्र भने जलेको छैन,’ आचार्यले भने । उनका अनुसार करिब ४५ मिनेट रोकिएको मतदान पुन: सुरु भएको छ।

Read More

अछाम – नेकपा एमालेका नेता डा भीम रावलले अछामबाट मतदान गरेका छन् । उनले अछाम क्षेत्र नम्बर १ मा रहेको चन्दोदय आधारभूत विद्यालयबाट पहिलो मतदान गरेका हुन् । रावलले बिहान ७ बजेर २५ मिनेटमा मतदान गरेका हुन् । चिसो मौसम र दलका प्रतिनिधि आउन ढिलो हुँदा यहाँ मतदान प्रक्रिया केही ढिलो सुरु भएको थियो । रावलले देश र जनतालाई सम्झेर मतदान गरेको प्रतिक्रिया दिए । यहाँ एमालेबाट झपट बोहरा र गठबन्धनबाट एकीकृत समाजवादीका शेरबहादुर कुँवर प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

Read More

धनगढी – कैलाकीका ११ स्थानमा विस्फोटक वस्तु भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली प्रमुख एसपी सोमेन्द्र राठौरका अनुसार शंकास्पद विस्फोटक वस्तु नेपाली सेनाको टोलीले गरिरहेको छ । हालसम्म क्षतिको कुनै विवरण आएको छैन । गौरिगंगा नगरपालिका ८ बडैपुरस्थित सेनाको ब्यारेक नजिकै भेटिएको बम भने सेनाले डिस्पोज गरिसकेको छ ।

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा लगातार दुई संसदीय निर्वाचन गर्ने पहिलो नेता बनेका छन् । १८ असोज २०५९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले निर्वाचन गराउन असक्षम भएको भन्दै प्रधानमन्त्री देउवालाई अपदस्थ गरेका थिए । त्यतिबेला नेपाली कांग्रेसमा देखिएको विवादकै कारण उनी राजाको कोपभाजनमा परेका थिए । तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग बेमेल र पार्टी विभाजनका कारण देउवा टार्गेटमा थिए । त्यसकै फाइदा राजाले उठाएर उनलाई हटाएका थिए । राजाको कदमविरुद्ध कांग्रेस, एमालेसहित सात राजनीतिक दलले निरन्तर सडक आन्दोलन गरेपछि ज्ञानेन्द्रले पुनः देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । तर, १९ माघ २०६१ मा ज्ञानेन्द्रले पुनः देउवालाई बर्खास्त गर्दै शासनसत्ता आफ्नो हातमा…

Read More

विराटनगर – नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार शेखर कोइरालाले मतदान गरेका छन् । उनलले विराटनगर ७ को आदर्श विद्यालय निर्वाचन केन्द्रबाट मतदान गरेका हुन् । मोरङ ६ मा कांग्रेसका शेखर कोइराला र नेकपा (एमाले)का लालबाबु पण्डितबीच प्रतिस्पर्धा हुँदै छ ।

Read More

काठमाडौं – प्रदेश सभा र प्रतिनिधि सभा सदस्यका लागि आज भएको निर्वाचनको मतगणना आज रातिबाटै सुरु हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरु आज राति ९ बजेबाट नै मत गणना शुरु गरिने जानकारी दिएका हुन् । आज बिहान भक्तपुरको युनिक नेपाल एकेडेमी केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै थपलियाले भने, ‘आज ५ बजे मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटिकाहरु संकलन गर्ने कार्य प्रारम्भ हुन्छ, ७ बजेसम्म मतपेटिका संकलन गर्ने र एक घण्टा छलफल गरेर आजै राति ९ बजेदेखि मतगणना कार्य प्रारम्भ हुनेछ ।’

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गरेको छन् । उनले आइतबार बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मत खसालेका हुन् । उनले प्रत्यक्ष र समानुपातिक दुवैमा उनले स्वस्तिक छाप लगाएपनि प्रदेश सभा सदस्यको मतपत्रमा स्वस्तिक छाप नलगाई मत खसालेका छन् । चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार लामिछानेले आफूले आफैंलाई भने भोट हाल्न पाएनन् । मतदाता नामावलीमा उनको नाम चितवनमा नभएकाले आफूले आफैंलाई मत हाल्न नपाएका हुन् ।

Read More

काठमाडों – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका–२ स्थित राजतीर्थ मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उहाँ ललितपुर क्षेत्र नं ३ को उम्मेदवार हुनुहुन्छ । सो अवसरमा उहाँले लोकतन्त्रको अभ्यास गर्ने महत्वपूर्ण नमूनाको रुपमा मतदानलाई लिनुपर्ने टिप्पणी गर्नुभयो ।

Read More