Author: Nisha Shrestha

काठमाडौं – देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा छ। आज प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। महाशाखाका अनुसार राति प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। आइतबार प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपात हुनसक्ने आकलन गरिएको छ। महाशाखाले पर्वतारोहण र पदयात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरेको छ। साथै तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन पनि अनुरोध…

Read More

महेन्द्रनगर – वाइवाइ यू–१९ पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत २२ खेलाडी बन्द प्रशिक्षणमा छन् । कात्तिक २५ देखि मङ्सिर १ गतेसम्म महेन्द्रनगरमा छनोट प्रतियोगिता भएको थियो । उक्त छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा छनोट समितिले अन्तिम २२ जनाको नामावली सङ्घलाई बुझाएको जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताउनुभयो । छनोट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका आठ जिल्लाका टोलीको सहभागिता रहेकामा फाइनल खेलमा डडेल्धुरालाई आठ विकेटले पराजित गर्दै कञ्चनपुरले उपाधि हात पारेको थियो । बन्द प्रशिक्षणमा कञ्चनपुरका हेमन्त धामी, मिलन बोहरा, अनुराग सिंह, राहुल चन्द, आकाश चन्द, डडेल्धुराका दीपक बोहरा, विशाल ऐर, कैलाश ऐर, सचिन साउद, बैतडीका दीपक…

Read More

कञ्चनपुर – भोलि आइतबार हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । कञ्चनपुरमा चुनावका लागि सुरक्षा तयारी पूरा भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले बताउनुभयो । जिल्लाका एक सय ३२ वटै मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीसहितको सुरक्षा टोली खटिएको छ । निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्नका लागि कञ्चनपुरमा दुई हजार बढी सुरक्षाकर्मी खटिएका छन् । “चुनावका लागि सुरक्षा व्यवस्था मजबुत पारिएको छ, सीमा नाका सिल गरिएको छ”, प्रहरी उपरीक्षक चौधरीले भन्नुभयो, “सुरक्षा योजना बनाएर प्रहरी, म्यादी, सशस्त्र र नेपाली सेना संयुक्तरूपमा खटिएका छन् ।” निर्वाचन अधिकृतसहित…

Read More

जुम्ला – अविरल वर्षापछि आएको बाढीले बगाएको पुल निर्माण भएपछि  हाटसिंजावासीलाई आवतजावतमा सहज भएको छ ।   बाढीले कनकासुन्दरी गाउँपालिका–४ हाटसिंजामा वडा कार्यालय, विद्यालयसहितका प्रशासनिक केन्द्र जाने पुरानो काठको पुल बगाएपछि आवतजावतमा समस्या हुँदै आएको थियो । तर, नेपाली सेना र प्रहरीले पुल बनाइदिएपछि आवतजावतमा सहज भएको वडाध्यक्ष सूर्यमणि हमालले जानकारी दिए । पुल नहुँदा ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न जान स्थानीयलाई कठिन हुने थियो । पुल बनेपछि कालिका आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्ने स्थानीयवासीलाई सहज भएको वडाध्यक्ष हमालले बताए । उनका अनुसार स्थानीय वडापालिकाको पहलमा मतदानमा खटिएको नेपाली सेना, हाटसिंजा प्रहरी चौकी, म्यादी…

Read More

काठमाडाैं – आउँदाे आइतबार ( ४ मंसिर) मा  हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनका विषयमा निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँग नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासहितको टोलीले भेटवार्ता गरेकाे छ । आयोगको कान्तिपथस्थित कार्यालयमा शुक्रबार भएको भेटका अवसरमा प्रधानसेनापति शर्माले निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले गर्दै आएको काम कारवाहीबारे अवगत गराउँदै हालसम्मको स्थलगत निरीक्षण र प्राप्त सूचनाका आधारमा निर्वाचनको सुरक्षा चुस्त रहेको र निर्वाचन सुरक्षित वातावरणमा सम्पन्न गराउन सेनाका तर्फबाट खेल्नुपर्ने भूमिका निर्वाह गर्न तयार रहेको जानकारी गराए । सो अवसरमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन सुरक्षा व्यवस्थापनका लागि मतपत्र छपाइ, ढुवानी, निर्वाचन सामग्रीहरूको जाँच तथा प्याकेजिङ कार्य तथा…

Read More

काठमाडाैं – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन पर्यवेक्षणका लागि दक्षिण कोरिया र मालदिभ्सको टोली काठमाडौंमा आइपुगेकाे छ । पर्सी आइतबार देशभर हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षेणका लागि दक्षिण कोरिया र मालदिभ्सको टोली काठमाडौं आइपुगेको हाे । दक्षिण कोरियाका निर्वाचन आयुक्त सोङबेइ काङको नेतृत्वमा तीन सदस्य टोली तथा मालदिभ्सका निर्वाचन आयोगका अध्यक्ष फुवाड थौफिकको नेतृत्वमा दुई सदस्य टाेली निर्वाचन पर्यवेक्षणका लागि आएकाे निर्वाचन आयाेगले जनाएकाे छ । निर्वाचन आयोगकातर्फबाट सहसचिव विश्वप्रसाद अर्याल, उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल तथा शाखा अधिकृत दिपेश छाङ्छा र आशिष खत्रीले उहाँहरुलाई स्वागत गरेका थिए । निर्वाचन पर्यवेक्षणका लागि भारत, बंगलादेश र भुटानका प्रमुख निर्वाचन आयुक्तसहितका…

Read More

बाजुरा – मंसिर ४ गते हुने चुनावलाई लक्षित गरेर सुदूरपश्चिम प्रदेशका सुरक्षा प्रमुखले बाजुरामा अनुगमन गरेका छन् । गत वैशाखमा भएको स्थानीय चुनावमा बाजुराको बूढीगंगामा पहिलो चरणमा चुनावमा धाँधली भएको भन्दै दोस्रो चरणमा चुनाव भएको थियो । स्थानीय चुनावमा भएका गतिविधि र विगतका क्रियाकलापलाई आधार मानेर बाजुरालाई अतिसंवेदनशील जिल्लाका रुपमा राखिएको छ । बाजुरा जिल्लाका ७० मध्ये ४ वटा मतदानस्थल मात्रै सामान्य अवस्थाका छन् । ४३ वटा मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले जानकारी दिए । यस्तै २३ वटा मतदानस्थल संवेदनशील रहेका विष्टले बताए । प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई सदस्यको…

Read More

गोरखा । प्रतिनिधिसभाको दुई र प्रदेशसभाको चार निर्वाचन क्षेत्र रहेको गोरखा जिल्लामा मतदानका लागि सबै तयारी पूरा भएको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि जिल्लाका दुई सय २२ मतदानस्थल र तीन सय १७ वटै मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी पुगेर निर्वाचनको तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाको दुर्गम चुमनुब्री गाउँपालिकामा झण्डै एकसाता हिँडेर मतदान अधिकृत, कर्मचारी सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेका छन् । चुमनुब्री गाउँपालिका–१ को सामागाउँको साम्दो पुग्न झण्डै एक हप्ता लाग्ने गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए। विकट चुमनुब्री गाउँपालिकामा २२ वटा मतदान केन्द्र छन् । जिल्लाभित्र निर्वाचनलाई…

Read More

अबजुवा – नाइजेरियाको सेनाले यहाँका विभिन्न राज्यमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि ५० जना हतियारधारी विद्रोही मारिएको जनाइएको छ ।अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका उत्तरी क्षेत्रमा बोको हराम तथा कतिपय क्षेत्रमा इस्लामिक स्टेट्ससँग सम्बन्ध रहेका स्थानीय आतङ्ककारी समूहहरुको हात रहेको छ । गएका दुइ हप्तायता नाइजेरियाको सेनाको नेतृत्वमा यहाँका सबै सुरक्षा निकायले जारी राखेको कारबाहीका क्रममा ती हतियारधारीरु मारिएको यहाँको सेनाले बिहीबार जानकारी दिएको छ । यसरी मारिनेमा इस्लामिक स्टेट्स वेस्ट अफ्रिका प्रोभिन्स (आइएसडब्ल्युएआर) र बोको हरामका लडाकू रहेका पनि जानकारी दिइएको छ । यहाँको बोर्नो राज्यमा यही नोभेम्बर ४ र ५ मा गरिएको हवाई कारबाहीका क्रममा परेर बोको हरामका दुई…

Read More

विराटनगर – आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि मोरङमा सबै तयारी पूरा भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । छवटा निर्वाचन क्षेत्र रहेको मोरङ जिल्लामा कूल तीन सय छ मतदानस्थल र आठ सय ३९ मतदान केन्द्र रहेकामा ५० अतिसंवेदनशील र एक सय १४ वटा संवेदनशील मतदानस्थलमा वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । मतदानका लागि प्रमुख निर्वाचन अधिकृतको कार्यालयले छ हजार सात सय १२ कर्मचारी परिचालन गरेको छ । एक मतदान केन्द्रमा आठ कर्मचारी रहने उक्त कार्यालयका प्रवक्ता हेम बुढाथोकीले जानकारी दिए । मतदानमा चाहिने मतपत्रदेखि आवश्यक सामग्री केन्द्रमा पुगिसकेको छ…

Read More