Author: Nisha Shrestha

गोरखा – प्रतिनिधिसभा सदस्य गोरखा क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलो अग्रता कायम गर्दैै लैजानुभएको छ । पछिल्लो मतपरिणाम अनुसारसम्म करिब छ हजार मतपत्र गणना गर्दा उहाँले तीन हजार सात सय ८५ मत प्राप्त गर्नुभएको छ । अध्यक्ष दाहाललाई राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीले नौ सय ३५ मतका साथ पछ्याई रहनुभएको छ । त्यस्तै नेकपा ९एमाले०का अब्दुस सलाम मियाँले अहिलेसम्म आठ सय ६४ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नम्बर २ प्रतिनिधिसभा तर्फ समानुपातिक तर्फको मतगणना पनि भइरहेको छ । अहिलेसम्म समानुपातिकतर्फ माओवादी केन्द्रले एक हजार सात सय ९४…

Read More

डडेल्धुरा – डडेल्धुराको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तीन हजार २२ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडी हुनुहुन्छ । अहिलेसम्म १० हजार आठ सय ७० मत गणना हुँदा उहाँले पाँच हजार छ सय २१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले दुई हजार पाँच सय ९९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी, नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले एक हजार छ सय ३६ मत पाउनुभएको छ भने छ सय ५६ मत बदर भएका छन् । –––

Read More

काठमाडौं – प्रारम्भिक मतगणना अनुसार नेकपा एमालेले १७ स्थानमा अग्रता लिईरहेको छ यसअघि संसदमा रहेका तीन पार्टीले अझै अग्रता लिन सकेको देखिएको छैन । नयाँ तीन पार्टीले भने प्रारम्भिक मतगणनामा अग्रता लिईरहेका छन । सत्तारुढ गठबन्धनका नेपाली कांग्रेसले ११, नेकपा एसले २, नेकपा माओवादी केन्द्रले १ र तमलोपाले १ स्थानमा अग्रता लिइरहेको छ । प्रतिनिधिसभा निर्वाचनमा पहिलो पटक उम्मेदवारी दिएको रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ६ स्थानमा अग्रता लिदाँ नयाँ पार्टीहरु जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले २–२ स्थानमा अग्रता लिईरहेका छन । राष्ट्रिय प्रजातन्त्र पार्टीले २ स्थानमा अग्रता लिदाँ यस अघिका प्रतिनिधिसभामा रहेका मधेस केन्द्रित दल जनता समाजवादी…

Read More

सप्तरी – सप्तरी २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष  डा. सिके राउतले अग्रता लिएको छ । डा. राउतले दुई हजार चार  सय दुई मत प्राप्त गरि अग्रता कायम गरेका हुन् । जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव सात सय ६८ मत प्राप्त गरि दोस्रो स्थानमा छन् । त्यस्तै गठबन्धनका जयप्रकाश ठाकुरले पाँच सय ५० मत प्राप्त गरि तेस्रो स्थानमा छन् । सप्तरी-२ (क) मा जनमत पार्टीका सतिस सिंहले दुई हजार दुई सय पाँच मत प्राप्त गरि पहिलो स्थानमा छ । जनता समाज पार्टीका शैलेन्द्रप्रसाद साह नाै सय ८० मत प्राप्त गरि दोस्रो स्थानमा र लोकतान्त्रिक समाजवादी पार्टीका सरोज मण्डल नाै सय ३६ मत प्राप्त गरि तेस्रो स्थानमा रहेका छन् । सप्तरी कै…

Read More

काठमाडौँ – मोरङ क्षेत्र नम्बर ६ मा नेपाली काँग्रेसका नेता डा।शेखर कोइरालाले ७६ मतका साथ सुरुवाती अग्रता कायम गरेका छन् । २०० मत गणना हुँदा कोइरालालाई नेकपा एमालेका लालबाबु पण्डितले ५९ मतका साथ पछ्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का गोपाल कटवालले २२ र राष्ट्रिय स्वतन्त्र पार्टीका यादवराज प्रधानले २७ मत पाएका छन् ।

Read More

काठमाडौँ – मुख्य निर्वाचन अधिकृत ओमप्रसाद बिरामी भएपछि कैलाली क्षेत्र नम्बर-५ को मतगणना अनिश्चित बनेको छ । धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणनाका लागि सर्वदलीय बैठक भइरहेका बेला अर्याल कुर्सीबाट ढलेका थिए । डाक्टरको सल्लाहअनुसार उनी अहिले आराम गरिरहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उच्च रक्तचापका कारण अर्यालको स्वास्थ्यमा समस्या देखिएको बताइएको छ । सर्वदलीय बैठकमा सहभागी नेपाली काँग्रेस कैलालीका सचिव नृप सुनारले मुख्य निर्वाचन अधिकृत बिरामी भएपछि मतगणनाबारे कुनै सहमति नभएको बताए । बैठकमा सत्तारुढ गठबन्धनले वडा–वडाको अलगअलग मतगणना हुनुपर्ने माग गरेको थियो । नेकपा एमालेले भने सबै मत मिसाएर गणना गर्नुपर्ने अडान लिएको थियो । यो…

Read More

दार्चुलाको व्यास गाउँपालिका-४ डोकटमा एक होटेल व्यवसायीको हत्या भएको छ। खलङ्गा बजारमा होटेल व्यवसाय गर्दै आएका नरसिंह विष्टको हत्या भएको प्रहरीले जनाएको छ। मतदान गर्न खलङ्गाबाट व्यास गएका बेला उनको हत्या भएको र शव सुनसेराको खोला किनारमा फेला परेको थियो। मृतक विष्टका आफन्त मोहनसिंह विष्टका अनुसार स्थानीय बजारबाट दुई सय मिटर पर रहेको खोलामा गाडेको अवस्थामा शव भेटिएको छ। दार्चुलाका प्रहरी प्रवक्ता राजेश शाहीले घटनाबारे अनुसन्धान भइरहेको बताए। घटनाका दोषी पत्ता लगाएर कारबाहीको माग गर्दै स्थानीयले दार्चुला-तिंकर सडकको सुनसेरामा खण्ड अवरुद्ध पारेका छन्।

Read More

काठमाडौं – काठमाडौंपछि सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको मोरङमा मतगणना सुरु भएको छ । जसअनुसार क्षेत्र नम्बर १ को उर्लाबारी नगरपालिकाको कार्यालय, २ को रतुनवामाइको विश्वनाथ मन्दिर, ४, ५, ६ को विराटनगरस्थित आदर्श माध्यामिक विद्यालयमा मतगणना सुरु भएको प्रमुख निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुंगेलले जानकारी दिए ।  

Read More

काठमाडौं – ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले सत्ता गठबन्धन माओवादीकी उम्मेदवार पम्फा भुसाललाई पछि पारेकी छिन् । यस क्षेत्रमा तोसिमा ८७५ मत ल्याएर दोस्रो स्थानमा छिन् भने पम्फा भुसाल ७७५ मतसहित तेस्रेा स्थानमा छिन् । उनीहरू दुवैलाई सुरुदेखि नै एमालेका अमृत खड्काले अग्रता लिएका छन् । उनी ९३६ मतसहित अग्रस्थानमा छन् ।

Read More

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लासमेत रहेको डडेल्धुरामा केही बेरमा मतगणना सुरु हुने भएको छ। सर्वदलीय बैठकले दिउँसो २ बजेबाट मतगणना गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको जिल्ला अदालतमा हुनेछ। प्रतिनिधिसभा सदस्यतर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रधानमन्त्री देउवा, काँग्रेस बिपीका कर्णबहादुर मल्ल, जसपाका श्याम सिनाल, राप्रपाका गोविन्द खडायत, स्वतन्त्र उम्मेदवार सागर ढकाल र विक्रमबहादुर शाही उम्मेदवार छन्।

Read More