Author: Nisha Shrestha

महेन्द्रनगर – आउँदो आइतबार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट ४८ प्रतिनिधि छनोट हुँदैछन् । प्रतिनिधिसभा सदस्यका लागि १६ र प्रदेशसभा सदस्यका लागि ३२ प्रतिनिधि छनौट हुन लागेका हुन् । नौ जिल्ला रहेको प्रदेशको तराईको जिल्ला कैलालीबाट सबैभन्दा बढी प्रतिनिधिसभाका लागि पाँच सदस्य चुनिन लागेका छन् । अर्को तराईकै जिल्ला कञ्चनपुरबाट प्रतिनिधिसभाका तीन, पहाडको अछामबाट दुई र अन्य पहाडी जिल्ला डोटी, डडेलधुरा, बैतडी, बझाङ, बाजुरा र दार्चुलाबाट एक–एक जना चुनिन लागेका हुन् । कानुनी व्यवस्थाअनुसार प्रतिनिधिसभा सदस्यको प्रत्येक निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्यका लागि दुई–दुई जना निर्वाचित हुन लागेका हुन् । विसं २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा…

Read More

रुकुमपश्चिम – त्रिवेणी गाउँपालिका पोखरीका शेरबहादुर खड्का यतिबेला बारीमा लगाएको अदुवा खन्नमा व्यस्त हुनुहुन्छ । व्यापारी घरमै अदुवा खरिद गर्न आउन थालेपछि उहाँलाई अदुवा खन्न भ्याइनभ्याइ भएको हो । उहाँको दैनिकी बारीमा अदुवा खन्ने र खनेको अदुवा केलाउनेमा बित्ने गरेको छ । उहाँले २० क्विन्टल अदुवाको बीउ लगाउनुभएको हो । अहिलेसम्म उहाँले ८० क्विन्टल अदुवा निकाल्नुभएको छ । उहाँले २० क्विन्टल अदुवा लगाएकामा ८० क्विन्टल अदुवा फलेको हो । अदुवाखेती गर्न निकै सजिलो हुने भएकाले मकै छाडेर अदुवाखेतीमा आकर्षित भएको खड्काले बताउनुभयो । “व्यापारीले रु तीन हजारमा एक क्विन्टल अदुवा घरमै पुगेर खरिद गर्ने गर्छन्, बजारको कुनै समस्या छैन”, खड्काले…

Read More

काठमाडौं – मित्र राष्ट्र जापानका विदेशराज्यमन्त्री सुनशुके ताकेई नेपालमा यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आउँदै हुनुहुन्छ । उहाँ निर्वाचन पर्यवेक्षणका लागि यही मङ्सिर ४ गते नेपाल आउन लाग्नुभएको नेपालस्थित जापानी दूतावासले जनाएको छ । नेपालमा यसअघि विसं २०७४ को आमनिर्वाचनमा जापान सरकारले पूर्व उपमन्त्री होरी इवाओ एचईको नेतृत्वमा निर्वाचन पर्यवेक्षण टोली पठाएको थियो । मन्त्री ताकेई जापानबाट नेपाल निर्वाचन पर्यवेक्षकका रूपमा पठाइने उच्च अधिकारी हुनुहुन्छ । “नेपालको थप विकास र समृद्धिका लागि लोकतन्त्रिक शासन व्यवस्था अपरिहार्य भएकाले आसन्न निर्वाचन निष्पक्ष, पारदर्शी र शान्तिपूर्णरूपमा सम्पन्न हुनुपर्ने आवश्यकतामा जापानले जोड दिएको छ”, दूतावासद्वारा…

Read More

काठमाडौं – सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । बिहिबार नेप्से परिसूचकमा १।३४ प्रतिशतले वृद्धि भएको हो । सेयर बजारमा हरियाली छाएसँगै २५।५७ अंकले वृद्धि हुँदै १९३६।८३ विन्दुमा आएर नेप्से रोकिएको छ । साथै ९क० वर्गको सेन्सिटिभ इन्डेक्समा पनि १।१९ प्रतिशतले वृद्धि भएको छ । बुधबार पनि सेयरबजारमा दोहोरो ९१३।४०० अंकले वृद्धि भएको थियो । ४३ लाख ८४ हजार बराबर कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७१ करोड ५४ लाख १९ हजार बढीको कारोबार भएको छ । ८७ कम्पनीको कारोबार हुँदा १७२ कम्पनीमा वृद्धि भएको, १३ कम्पनीमा ओरालो लागेको र २ कम्पनी स्थिर रहेको छ । सबैभन्दा धेरै रिडी…

Read More

काठमाडौं – राष्ट्रिय कर दिवस साताव्यापी रुपमा मनाइने भएको छ । आन्तरिक राजस्व विभागले आजदेखि एक हप्तासम्म विभिन्न कार्यक्रम गरेर कर दिवस मनाउन लागिएको जानकारी दिएको छ । विभागका महानिर्देशक रितेशकुमार शाक्यले राष्ट्रिय कर दिवसका अवसरमा हरेक करदाता कार्यालयले प्रथम करदातालाई सम्मान गर्ने, उद्योगी व्यवसायीलगायत करदाताका छाता सङ्गठनसँग विभिन्न छलफल तथा अन्तरक्रियालगायत विभिन्न कार्यक्रम गर्न लागिएको बताउनुभयो । यसवर्षको कर दिवसको नारा “स्वेच्छिक सहभागितासहितको फराकिलो कराधारस् दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार रहेको छ । करदाता आफैले स्वेच्छिक रुपमा कर तिर्न अभिप्रेरित गर्ने र कर भुक्तानी प्रणालीलाई प्रविधिमैत्री बनाउने गरी विभागले काम गरिरहेको महानिर्देशक शाक्यले बताउनुभयो । “कर तिर्ने प्रक्रियालाई प्रविधिमैत्री…

Read More

सप्तरी – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनमा उत्साहका साथ सहभागी हुन मतदाता समक्ष आह्वान गर्नुभएको छ । सप्तरी निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका यादव हाल चुनाव प्रचारका क्रममा आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय रहनु भएको छ ।अन्तिम चरणको घरदैलो अभियानमा रहनुभएका जसपा अध्यक्ष यादवले आज बिहान रासससँगको कुराकानीका क्रममा चुनावप्रति आम सप्तरीवासी र समग्र जनतामा ठूलो उत्साह रहेको बताउनुभयो । “सङ्घीयतालाई परिस्कृत गर्दै संस्थागत गर्न, अधिकार र पहिचानको सङ्घर्षलाई मूर्तरुप दिन, संविधान संशोधन गर्न, आफ्नै मुलुकमा नागरिकताबाट वञ्चित मधेशी युवाहरुको नागरिकता समस्या समाधान गर्ने लगायतका दृष्टीले आगामी चुनाव निकै महत्वपूर्ण रहेको भनि आम मधेशीको बुझाइ…

Read More

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई अग्रगामी र प्रतिगामी शक्तिबिचको जनमत सङ्ग्रहको रूपमा टिप्पणी गरेका छन् । आज उनले एक श्रव्यदृश्यमार्फत् आम मतदातालाई सक्रियतापूर्वक मतदानमा सहभागी हुन र देशभरका गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन् । अध्यक्ष दाहालले ठुलो त्याग र बलिदानबाट व्यवस्था बदलेको भए पनि वर्ग, क्षेत्र, महिला, आदिवासी र जनजातीलगायतले प्राप्त गरेको अधिकार कार्यान्वयन गर्न बाँकी रहेकाले गठबन्धनको जीत जरुरी रहेको बताएका छन् । उनले सन्देशमा भनेका छन्, ‘शिक्षा, स्वास्थ्य, रोजगारीमा जनताको पहुँच, आत्मनिर्भर अर्थतन्त्रको विकासमार्फत समृद्ध नेपाल बनाउने कार्यभार हाम्रो काँधमा छ ।…

Read More

दार्चुला – मंसिर ४ गते हुने निर्वाचनको क्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रतिनिधिसभा उम्मेदवार गणेशसिह ठगुन्नाले जिल्लाभरीका आमसभामा आफुले जिल्लाको लागि गरेका विकास निर्माणका कुरा सुनाउँदै जानुभएको छ । ६ महिना मन्त्री हुँदा र सांसद हुँदा सुरु गरेका काम र गर्न बाकी कामबारे जनतालाई सुनाउदै गएका छन् । दुई दशक गौचरन बनेको गोकुलेश्वर विमानस्थल पुर्ननिर्माण सुरु, दार्चुला तिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिनु, सुनसेरासम्म कालोपत्रे निर्माण कार्य अघि बढाएको, भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटर चुच्चे नक्सा जारी गरेको, छांगरुमा सुरक्षाकर्मीको उपस्थिति गराएको अधिकांश भाषणमा सुनाउनुभएको छ । यस्तै पाँच सैययाको जिल्ला अस्पतालदेखि हरेक स्थानीय…

Read More

काठमाडौँ – निर्वाचनमा खटिएका सुरक्षाकर्मीलाई तीन अवस्थामा माथिल्लो निकायको आदेशविना नै गोली चलाउन सक्ने अधिकार सरकारले दिएको छ । आफ्नो सुरक्षा, निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षा, मतपत्र र मतपेटिकाको सुरक्षामा खतरा उत्पन्न हुने अवस्थामा फिल्डमा खटिएका सुरक्षाकर्मीले गोली चलाउन माथिल्लो निकायको आदेश नचाहिने परिपत्र भएको छ । अन्य अवस्थामा भने गोली चलाउनुअघि माथिल्लो निकायबाट आदेश लिनुपर्ने हुन्छ । निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन फिल्डका प्रहरीलाई स्पष्ट निर्देशन दिइएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए । यस्तै प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले मंसिर ४ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा सुरक्षा चुनौतीहरूलाई औँल्याइ त्यसको निराकरण गर्ने उपायहरू अवलम्बन गर्दै अझ बढी सक्रिय भई…

Read More

अछाम – सत्तारुढ गठबन्धनले अछाममा चुनावी सभा गरिरहेको छ । चुनाव प्रचार प्रसारको अन्तिम दिन बिहीबार सत्तारुढ गठबन्धनले अछामको चौरपाटीमा चुनावी सभा आयोजना गरेको हो । उक्त सभामा प्रधानमन्त्रीसमेत कांग्रेस सभापति शेरबहादुर देउवासहित गठबन्धन आवद्ध दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

Read More