Author: Nisha Shrestha

काठमाडौँ – इलाम क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत निर्वाचित भएका छन् ।  बस्नेत नेकपा एकीकृत समाजवादीका उम्मेदवार झलनाथ खनाललाई हराउँदै निर्वाचित भएका हुन् । बस्नेत खनालसँग झण्डै २ हजार ५ मतान्तरसहित निर्वाचित भएका हुन् । निर्वाचन अधिकृत राजकुमार दाहालले बस्नेत निर्वाचित हुने निश्चित भएपनि मत जोड्ने क्रम जारी रहेकाले यकिन मत आइनसकेको बताए ।

Read More

काठमाडौँ– यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ । सम्पन्न भएको मतगणनाको विवरण निर्वाचन आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत मत खसेको अनुमान गरिएकामा सोको ८० प्रतिशत मतगणना हुँदा अब करिब २४ लाख मत उक्त प्रणालीतर्फ गणना हुन बाँकी छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ स्थानमध्ये हालसम्म एक सय ४४ क्षेत्रको मतपरिणाम आयोगको प्रणालीमा…

Read More

डोटी – डोटीको पुर्विचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँका भूकम्प पीडितहरू भूकम्प गएको तिन साता बित्दा पनि त्रिपालमुनि बाँस बस्न बाध्य रहेका छन् । तत्कालको लागि राहत र अस्थायी बसाई व्यवस्थापनको लागि स्थानीय सरकार विभिन्न सङ्घ संस्थाहरूले खाद्यान्न, त्रिपाल लुगा कपडा भाडाकुडाको व्यवस्थापन गरेपनी हाल सम्म अस्थायी टहरा र स्थायी पुनर्निर्माण लागि भने कुनै टुङ्गो लागेको छैन । स्थायी पुनर्निर्माण लागि प्रदेश सरकार, सङ्घीय सरकार र विभिन्न निकायहरूसँग समन्वय भइरहेको भए पनि कसले बनाउँछ भन्ने विषयमा हाल सम्म कुनै टुङ्गो नलागेको पुर्विचौकी गाउँपालिकाका अध्यक्ष राम प्रसाद उपाध्यायले बताए । स्थलगत अनुगमनको लागि यसै साता भित्र प्राधिकरणकाको टोली आउने जानकारी छ…

Read More

काठमाडौँ – सुनसरी-४ मा पुनः मतगणना गर्न माग गर्दै सञ्चार मन्त्रीसमेत रहेका नेपाली काँग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले निवेदन दिएका छन्। शनिबार दिउँसोदेखि रोकिएको मतगणना आज सर्वदलीय बैठक आयोजना गरेर सुरु गर्ने भनिए पनि आजको सर्वदलीय बैठकमा कुनै सहमति जुट्न सकेन। लगत्तै कार्कीले आयोगमा पुनः गणनाको माग गर्दै आयोगमा निवेदन दिएका हुन्। सुनसरी-४ मा मत गणनाको निर्वाचन परिणाममा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतको मतमा ६०६ मत बढी थपिएपछि विवाद भएको थियो। निर्वाचन अधिकृतले आयोगमा पठाएको ६०६ मत आयोगले सार्वजनिक गर्दा १२१२ मत भएपछि काँग्रेसले आपत्ति जनाएको थियो। यसरी थप देखिएको ६०६ मतमा आफूले गल्ती गरेको भन्दै आयोगले त्यो मत हटाउने र गणना…

Read More

काठमाडौँ – सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपालको आयोजनामा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक र्‍यालीको आयोजना गरिएको छ । आइतबार माइतीघर मण्डलामा सो कार्यक्रमको आयोजना गरिएको हो । महिलामाथि हुने हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको महासङ्घले जनाएको छ । सो कार्यक्रम अन्तर्गत सचेतनामूलक पर्फमेन्स आर्ट आयोजना गरिएको छ भने कलाकारहरूले नाटक प्रदर्शन गरेका थिए। आभा फर क्रियटिभिटि समूहले ‘निर्दोष पंछि’ नामक नाटक प्रदर्शन गरेको हो ।

Read More

काठमाडौँ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घोडाघोडी नगरपालिका कार्यालयमा तालाबन्दी गरेको छ । नगरपालिकामा जनप्रतिनिधिको संलग्नतामा नीतिगत भ्रष्ट्राचार मौलाइरहेको, जनताका समस्याप्रति उदासीन भएको लगायतका आरोप लगाउँदै तालाबन्दी गरिएको उक्त पार्टीका घोडाघोडी नगर समितिका इन्चार्ज भरत र सचिव अर्जुनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । उनीहरूले प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा मादक पदार्थ सेवन गरी जनप्रतिनिधि र कर्मचारीले टेबुल र कम्प्युटर तोडफोड गरेको, ढुङ्गा, बालुवा उत्खननमा विना मापदण्ड ओसार पसार गर्न दिएको र पैसा असुल गरेको आरोप पनि लगाएका छन् । शनिबार नगर कार्यपालिका बैठक चलिरहेका बेला नेकपाका कार्यकर्ताले तालाबन्दी गर्दा कर्मचारी र जनप्रतिनिधि थुनिएको जिल्ला…

Read More

धादिङ – अघिअघि पञ्चेबाजासँगै नाङ्गो खुँडा, खुकुरी बोकेका युवा । त्यसपछि दियो, कलश, शङ्ख, घण्टसहितका नरनारी, प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति । सयौँ मानिस बाटोको दायाँबायाँ बसेर पूजापाठ र अबीर जात्रा गर्दै थिए । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं ४ सल्यानकोटबाट त्रिपुरा सुन्दरी भगवतीको प्रतिमूर्तिलाई त्रिपुरासुन्दरी गाउँपालिकाकै वडा नं ६ हाँसेबजारस्थित माइथानबेंसी सारिदाको यसरि तामझामसित सारिन्छ । भगवतीको प्रतिमूर्तिलाई एक वर्षभित्र घर, माइती र मावली गरी तीन ठाउँमा पूजापाठ गर्ने अनौठो र रोचक परम्परा छ । यही परम्पराअनुसार आज बिहान भगवतीको घर सल्यानकोट डाँडाको मन्दिरबाट माइतीको रुपले चिनिने माइथानबेंसीको मन्दिरमा सारिएको हो ।…

Read More

मोरङ — नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नं. ३ बाट निर्वाचित डा.सुनिल शर्मा जितलगत्तै बाचा पूरा गर्न एक्सनमा उत्रिएका छन् । शनिबार विजयी घोषित शर्माले आफूले गरेको बाचाअनुरुप नोबेल शिक्षण अस्पताल विराटनगरमा ५० शय्याको निःशुल्क क्याबिन सेवाको उद्घाटन आइतबार गरेका हुन् । चुनावमा मतदातासँग भोट माग्ने क्रममा उनले निर्वाचनमा विजयी भएको प्रमाणपत्र पाएको ७२ घण्टाभित्र ५० शय्या क्याबिन निःशुल्क सञ्चालन गर्ने घोषणा गरेका थिए । शनिवार मोरङ ३ को निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र पाएका शर्माले आइतबार नोबेल अस्पतालभित्र क्याबिन निःशुल्क सेवाको शुभारम्भ गरेका हुन् । उनले भने, ‘हिजो सिफारिस चाहिन्थ्यो, राजनीतिक रूपमा सम्पर्क नभएकाहरूले सेवा लिन सक्नुहुन्न थियो । अब मोरङ…

Read More

काठमाडौं – देशभर थप ४ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९४० नमूना परिक्षणमा ४ जनामा कोरोना पुष्टी भएको हो । मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३८ जना संक्रमणमुक्त भएका छन् । अहिलेको अवस्थामा देशभर २६३ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं – इस्लाम धर्मावलम्बीको प्रमुख स्थल साउदी अरेबियाको मक्कामा उम्राका लागि जाने मुस्लिम सुमदायका अगुवालाई आज यहाँबाट बिदाइ गरिएको छ । नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले उम्राका लागि जाने मुस्लिमलाई नेपालगञ्ज विमानस्थलबाट बिदाइ गरेको जानकारी दिनुभयो । उम्रा गर्न जान लागेका यात्रीलाई बिदाइ गर्दै अध्यक्ष शाहले देशको समृद्धि, शान्ति र एकताका लागिसमेत प्रार्थना गर्न आग्रह गर्नुभएको छ । “उम्राको निश्चित समय हुँदैन जतिबेला पनि गर्न सकिन्छ”, उहाँले भन्नुभयो । प्रमुख धार्मिकस्थल मक्का, मदिनाको दर्शन गरी प्राथना गर्ने प्रक्रियालाई उम्रा भन्ने गरेको बताइएको छ । अध्यक्ष शाहले हजका लागि खास समय भए पनि यो जुनसुकै महिनामा पनि गर्न सकिने जानकारी…

Read More