Author: Nisha Shrestha

काठमाडौँ – नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा ८ जना महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको थियो । जसमध्ये दाङ २ बाट पार्टी स्थायी समिति सदस्य रेखा शर्मा मात्रै निर्वाचित भएकी छन् । एमाले महासचिव शङ्कर पोखरेललाई पराजित गर्दै १९६ मत अन्तरले शर्मा निर्वाचित भएकी हुन् । शर्माले २६ हजार ८७७ मत ल्याएर विजयी भइन भने पोखरेलले २६ हजार ६८१ मत ल्याएर पराजित भएका छन् । शर्मा माओवादीबाट एक मात्र महिला निर्वाचित भएर रेकर्ड राखेकी छन् ।

Read More

काठमाडौं – नेपाल रेल्वे कम्पनी लिमिटेडमा कर्मचारी माग गरिएको छ । कम्पनीले सेवा करारमा लिन नेपाली नागरिकहरूलाई प्राविधिक कर्मचारीहरूको भर्ना खुलाएको हो । कम्पनीले चार जना रेल चालक, चार जना स्टेसन मास्टर, १ जना ट्रयाक इन्जिनियर र १ जना एयर कन्टिसनर इन्जिनियर मागेको छ । रेल चालकमा भर्ती हुन रेल चालकको लाइसेन्सप्राप्त गरी कम्तिमा ५ वर्ष अनुभव भएको हुनुपर्ने योग्यता छ । त्यस्तै स्टेसन मास्टर हुनका लागि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ । त्यसबाहेक कम्तिमा पाँच वर्षको अनुभव पनि चाहिने भएको छ । सिभिद इन्जिनियरङ विषयमा डिप्लोमा वा सो सरह उत्तीर्ण गरी कम्तिमा ३ वर्ष ट्रयाक इन्जिनियर भई…

Read More

धनगढी – कैलालीको घोडाघोडी नगरपालिकामा एक जना वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा तोडफोड गरेका छन् । शनिवार राति मेयर खड्कबहादुर रावतसहित केही वडाका वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यको सरकारी निवासमा मदिरा सेवन गरेका थिए । सोही क्रममा आपसमा विवाद हुँदा उनीहरूबिच हात हालाहालसम्मको अवस्था सिर्जना भएको थियो । मेयर रावत र प्रमुख प्रशासकीय अधिकृत आचार्यबिच विवाद हुँदा वडा नम्बर १ का वडाध्यक्ष घनश्याम ओझाले लात्ताले प्रहार गरेपछि टेबुल फुटेका छन् । स्थानीय प्रहरी अधिकारीका अनुसार घटनाबारे आधिकारिक रूपमा जानकारी प्राप्त नभए पनि नगरपालिकाका प्रशासकीय अधिकृतको निवासमा मदिरा सेवनपछि वादविवाद भएको सुनिएको बताएका छन् । वादविवादकै क्रममा प्रशासकीय अधिकृतको…

Read More

सर्लाही – मधेस प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्न जोगाउने महेन्द्र राय यादव एक्लो सांसद हुनुभएको छ । माओवादी केन्द्रले मधेस प्रदेशका चार क्षेत्रमा उम्मेदवारी दिएकामा सबै क्षेत्रको परिणाम आउँदा उहाँमात्रै निर्वाचित हुनुभएको छ । सर्लाही दुईबाट सत्ता गठबन्धनकै सहयात्री दल लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गर्दै राय निर्वाचित हुनुभएको हो । रायले २३ हजार पाँच सय २९ मत पाउँदा महतोले २१ हजार पाँच सय १८ मत प्राप्त गर्नुभयो । मधेस प्रदेशमा माओवादीले धनुषा–१, महोत्तरी–१, सिरहा–३ र सर्लाही–२ मा उम्मेदवारी दिएको थियो । धनुषा–१ मा पार्टीका उपमहासचिव मातृका यादव जनता समाजवादी पार्टीका दीपक कार्कीसँग पराजित हुनुभएको…

Read More

कैलाली – कैलाली क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यलाई निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं ४ ले प्रमाणपत्र वितरण गरेको छ । निर्वाचन अधिकृत इन्द्रबहादुर कठायतले प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका वीरबहादुर बलायर, प्रदेशसभा (१)मा निर्वाचित नेकपा (एकीकृृत समाजवादी)का दीर्घबहादुर सोडारी र प्रदेशसभा (२)मा निर्वाचित प्रकाश बमलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका हुन् । नव निर्वाचित सांसद बलायरले निर्वाचन सम्पन्न गराउनमा सहयोग गर्ने सम्पूर्ण निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी र सुरक्षाकर्मीलगायत सम्पूर्णलाई धन्यावाद ज्ञापन गर्नुभयो ।

Read More

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ । शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको चितवन प्रहरीले जनाएको छ । घटनामा कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेका छन् । आगलागीबाट कार्यालयभित्र रहेको प्लास्टिकका कुर्ची, झण्डा, भित्र राखेको साइन बोर्डलगायतका केही सामग्रीमा क्षति पुगेको छ । कार्यालयको ढोका चाबी यथावत रहेको र भित्र केही सामान जलेको पाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ – काभ्रेपलान्चोकको बनेपा नगरपालिका–८ बाट २०३१ सालमा हराएको शाक्यमुनि बुद्धको मूर्ति राष्ट्रिय सङ्ग्रहालय छाउनीमा फेला परेको छ । हराएको उक्त मूर्ति अष्ठधातुबाट निर्मित भएको बही ज्ञानमाला भजन खलका अध्यक्ष नरेन्द्रनाथ श्रेष्ठले बताउनुभएको छ । बहिटोलबाट हराएको उक्त बुद्धमूर्ति आगामी बुधबार बाजागाजासहित स्थानीयवासी र नगरपालिकाको संयुक्त पहलमा सोही स्थानमा प्रतिस्थापन गरिने बनेपा नगरपालिकाका नगर पमुख शान्तिरत्न शाक्यले बताए । प्रतिस्थापन गर्नुअघि मूर्तिलाई नाला तीनदोबाटोदेखि टेलिकम हुँदै नगर परिक्रमा गराउने कार्यक्रम तय भएको उनले बताए । मन्दिरबाटै चोरी भएको बुद्धको मूर्ति केही समयअघि नै काठमाडौँस्थित राष्ट्रिय सङ्ग्रहालय छाउनीमा रहेको सूचना पाए पनि अहिले ल्याउने तयारी थालिएको भजन खलका अध्यक्ष नरेन्द्रनाथ श्रेष्ठले…

Read More

बाजुरा – मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना अनिश्चित बनेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताले बुथ कब्जा गरी फर्जी मत खसाएको निर्वाचन आयोगमा उजुरी परेपछि मतगणना अनिश्चित बनेको हो । निर्वाचनका बेला एमालेले आफ्नो पहुँच भएको मतदान केन्द्रमा बुथ कब्जा गर्दै मतदानमा सहभागी नभएका र विदेश गएका तथा मृत्यु भएकाको समेत मत हालेको आरोपसहित कांग्रेसले पाँच मतदानस्थलका १७ मतदान केन्द्रमा पुनः निर्वाचन गर्न माग गर्दै उजुरी दिएको छ । यस्तै नेपाली कांग्रेसको पहुँच भएको मतदान केन्द्रमा कुथ कब्जा गरी विदेश भएका, जागिरको सिलसिलामा जिल्ला बाहिर रहेका र मृत्यु…

Read More

काठमाडौँ – इलामको सुखानीमा बम बिस्फोट भएको छ। माइ नगरपालिकाको मत पेटिका फिक्कल लिएर जाने क्रममा आइतबार राति करिब ८ बजे बम बिस्फोट भएको इलामका प्रहरी उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए । उनका अनुसार कर्मचारी तथा मतपेटिका भने सुरक्षित छन्।

Read More

महेन्द्रनगर – मंसिर २२ गते देखि पुस २ गते सम्म लाग्ने सुदुरपश्चिम महोत्सवको तयारी ५० प्रतिशत सम्पन्न भएको छ । महोत्सवमा सर्वसाधारणका लागी १ सय रुपैँया टिकट र विद्यार्थीलाई आइडी कार्ड मार्फत ५० प्रतिशत छुट हुने बताइएको छ । त्यसैगरी महोत्सवमा स्थानीय उत्पादन, कृर्षि प्रदर्शनीलाई प्राथमिकता दिइने भएको छ । महोत्सव धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा सञ्चालन हुने कैलाली उद्योग वाणिज्य सङ्घका महासचिव ओम विष्टले बताउनु भएको छ ।

Read More