Author: Nisha Shrestha

धनगढी – कैलाली क्षेत्र नम्बर १ र ३ मा मतगणना सुरु भएको छ । सो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फको मतगणना सुरु भएको हो ।  क्षेत्र नम्बर–५ मा १ बजेदेखि मतगणना सुरु हुने भएको छ । बिहान १० बजे सकिएको सर्वदलीय बैठकले १ बजेदेखि मतगणना सुरु गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । कैलाली–२ मा सर्वदलीय बैठक जारी छ ।

Read More

सिराहा – सिराहामा दलीय प्रतिनिधिको विवादका कारण मतगणना सुरु हुन सकेको छैन । साेमबार बिहान १० बजे बोलाइएको सर्वदलीय बैठकमा आचारसंहिता विषयमा टुंगाे लाग्न नसक्दा मतगणना सुरु हुन सके छैन  । सिराहामा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ६२ प्रतिशतभन्दा बढी मतदान भएको छ। जिल्लाको २२१ मतदान स्थल र ५०५ मतदान केन्द्रहरूबाट ६२ प्रतिशतभन्दा बढी मतदान भएको जिल्ला निर्वाचन कार्यालयले सिराहाले जनाएको छ। जिल्ला निर्वाचन कार्यालय सिराहाका सूचना अधिकारी गनपैत यादवका अनुसार अहिलेसम्म प्राप्त मतदान केन्द्रहरूको मतपरिणामअनुसार कम्तीमा ६२ र बढीमा ७५ प्रतिशतसम्म मतदान भएको पाइएको छ। जिल्लाका सबै मतदानस्थलमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भए पनि दलीय प्रतिनिधिको विवादका कारण मत गणना सुरु हुन…

Read More

सप्तरी – सप्तरी–२ मा भएको मत गणनामा जनमत पार्टीका उम्मेदवार सिके राउतले ६२९ मतसहित अग्रता कायमै राखेका छन् । राउतले ६२९ मत ल्याउँदा जसपाका अध्यक्ष समेत रहेका उपेन्द्र यादवले ५९ मत मात्र ल्याएका छन् । मत गणनाअनुसार लोसपाका उम्मेदवार जयप्रकास ठाकुरले १६९ मत ल्याएर तेस्रो स्थानमा छन् ।

Read More

काठमाडौं – बाजुराका त्रिवेणी नगरपालिका ७ का अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको मृत्युपछि अछामको साँफे मार्तडी सडक खण्ड बन्द गराइएको छ । कांग्रेस कार्यकर्ताको कुटपिटबाट गम्भीर घाइते बनेका अयडीको अछामको बलयपाटा अस्पतालमा मृत्यु भएको थियो । उनको मृत्युपछि एमाले निकट समर्थकहरूले उक्त सडक खण्ड बन्द गराएका हुन् । सडक अवरुद्ध गरेर दोषीमाथि कारवाहीको माग गरेका छन् । बाजुराको त्रिवेणी ७ को नाटेश्वरी आधारभुत विद्यालयमा मतदानको विषयलाई लिएर कांग्रेस कार्यकर्ताले अयडीमाथि कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते बनेका उनको उपचारका लागि बलयपाटा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्रिवेणी ७ मा दिउँसो मतदानको समयमा कांग्रेसका कार्यकर्ताले…

Read More

काठमाडौं – अछाम- १ को मतगणना दिउँसो ३ बजेपछि मात्र हुने भएको छ । भर्खरै सकिएको सर्वदलीय बैठकबाट दिउँसो ३ बजेपछि मात्र मतगणना सुरु गर्ने सहमति भएको स्थानीय विनोद धामीले जानकारी दिए । क्षेत्र नम्बर – २ को मतगणनाबारे आधिकारिक जानकारी बाहिर नआएको पनि उनले बताए । अछामका सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी जिल्ला सदरमुकाम मंगलसेन पुर्‍याइएको छ । अछाममा दुईवटा निर्वाचन क्षेत्र छन् । अछाम – १ बाट एकीकृत समाजवादीका नेता एवं श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र नेकपा एमालेबाट झपट बोहराबीच तीव्र प्रतिष्पर्धा छ । यस्तै क्षेत्र नम्बर २ बाट एमाले नेता यज्ञ बोगटी र नेपाली कांग्रेसका पुष्पबहादुर शाहबीच चर्को…

Read More

दार्चुलामा एक युवक मृत फेला परेका छन् । जिल्लाको खलंगा बजारबाट मत हाल्न ब्याँस गाउँपालिका–४ सुनसेरा गएका युवक मृत भेटिएका हुन् । प्रहरीका अनुसार मृत फेलापर्नेमा दार्चुलाको खलंगा बजारमा होटल व्यवसाय गर्दै आएका ३५ वर्षीय नरेन्द्र विष्ट रहेका छन् । प्रहरीले मृत फेला परेको भनेर भने पनि उनको हत्या गरिएको मृतकका परिवारको आरोप छ । विष्टको हत्या गरेर सुनसेराको डोम क्षेत्रमा फालिएको अवस्थामा सोमबार बिहानै शव फेला परेको उनका आफन्तले बताएका छन् । मृतक विष्टका परिवारले मत दिनेरनदिने विषयमा विवाद भएपछि हत्या भएको भन्दै हत्यारा सार्वजनिक नहुँदासम्म चुप नबस्ने चेतावनी दिएका छन् । यस्तै, स्थानीय एमाले नेताहरूले पनि नरेन्द्रको हत्या…

Read More

धनगढी – .नेकपा एमाले निकट अनेरास्ववियूले सदरमुकाम मार्तडी बजार बन्द गरेको छ । बजार बन्द संगै बजारका गल्लीहरुमा टायर बालेपछी सदरमुकाम मार्तडी तनावग्रस्त बनेको छ । अनेरास्ववियूका केन्द्रीय सदस्य चेतन अएडीको हत्याको बिषयलाई लिएर अनेरास्ववियूले आन्दोलन गरेको हो । बजारमा आन्दोलन चर्किएसंगै बाजुरा सदरमुकाममा नेपाली सेना नेपाल प्रहरी र ससस्त्र प्रहरी परिचालन गरिएको छ । त्रिबेणी ७ को नाटेश्वरी आधारभुत बिद्यालयमा मतदानको बिबादलाई लिएर नेपाली काँग्रेसका कार्यक्रताहरुले चेतन अयडीलाई कुटपिट गरेका थिए । कुटपिटबाट घाईते चेतनको आईतबार राति नै मृत्यु भएको थियो । अयडीलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगिएको थियो । अस्पताल पुगाउने बित्तिकै अयडीलाई चिकित्सकले मृत घोषणा गरेका…

Read More

राजविराज – बहुचर्चित सप्तरी २ मा जसपा अध्यक्ष उपेन्द्र यादव मतगणनाको सुरुवाती नतिजामा धेरै पछाडि परेका छन् । उनलाई जनमत पार्टीका डा.सीके राउतले धेरै मतान्तरले पछाडि छाडेका छन् । अहिलेसम्म ९०० मतगणना हुँदा राउतले ६२९, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १६९ र जनता समाजवादी पार्टीका अध्यक्ष यादवले ५९ मत पाएका छन् ।

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई उपेक्षा गरेर अघि बढ्न नसक्ने गरी नतिजा आउने दाबी गरेका छन्। चितवन क्षेत्र नम्बर २ को मतगणनाअघि सर्वदलीय बैठक सकेर फर्कँदा प्रतिक्रिया दिँदै लामिछानेले आफूहरूलाई साथ नलिएर अघि बढ्न नसक्ने अवस्था आउने दाबी गरे। चितवन–२ को मतगणना दिउँसो १ बजेपछि सुरु हुँदैछ। उनी नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले केही ठाउँमा अग्रता लिएका छन् भने समानुपातिकमा पनि उनको दलले उल्लेख्य मत ल्याउने प्रारम्भिक नतिजामा देखिएको छ।

Read More

काठमाडौं – काठमाडौं १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले सुरुवाती अग्रता लिएका छन् । सोमबार बिहान ९ बजेबाट सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार सिंहले ३२६, राप्रपाका रवीन्द्र मिश्रले २८९ र एमालेका किरण पौडेलले १८६ मत पाएका छन् । यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम र नेपाल सुशासन पार्टीका रमेश खरेल पनि प्रतिस्पर्धामा छन् ।

Read More