Author: Nisha Shrestha

महेन्द्रनगर तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका दुई र प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदावारले जारी मतगणनामा आफ्नो अग्रता कायम राखेका छन् । निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक तीन हजार छ सय ८७ मतसहित अग्रस्थानमा छन् । सत्ता गठबन्धनका उम्मेदवार उनले गणना सुरु भएयता आफ्नो अग्रतालाई बढाउँदै लगेका छन् । यहाँ १६ हजार एक सय ८७ मत गणना हुँदा लेखकले आठ हजार तीन सय ७५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)की निरुदेवी पालले चार हजार छ सय ८८ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको…

Read More

कैलाली – नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभामा खाता खोलेको छ । कैलाली ३ मा खसेको ६३ हजार ४४० मतमध्ये नागरिक उन्मुक्तिका गंगा चौधरीले २३१२० पाएर विजयी भएका छन् । सत्तागठबन्धनका तर्फबाट माओवादीका कुन्दन चौधरी १७७४९ मत ल्याएका छन् । एमालेका गौरीशंकर चौधरीले ९८७४ मत पाउँदा राप्रपाका वीरेन्द्र बमले ७०४७ मत ल्याएका छन् ।

Read More

धनगढी – जारी मतगणनामा एमालेका उम्मेदवार तारा लामाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई पछि पारेका छन् । कञ्चनपुर–१ बाट एमालेका उम्मेदवार लामाले ३७०३ मतले अग्रता लिइरहँदा बिना मगर भने दोस्रो स्थानमा छिन् । माओवादी केन्द्रकी मगरले हालसम्म १७४४ मत प्राप्त गरेकी छन्। सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार मगर यसअघि सोही क्षेत्रबाट विजयी भएकी थिइन् ।

Read More

काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्षा उपेन्द्र यादवबाहेक सबै दलका शीर्ष नेताहरू प्रतिनिधिसभा निर्वाचनको मतगणनामा अगाडि देखिएका छन् ।सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले झन्डै तेब्बर मतले यादवलाई पछि पारेका छन् । लाेसपा अध्यक्ष महन्थ ठाकुर पनि महाेत्तरी ३ मा पछि परेका छन् । उनलाई रामआधार कापर स्वतन्त्र उम्मेदवारले पछाडि पारेका छन् । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातौंपटक विजयी हुने दाउसहित डडेल्धुराबाट अग्रता कायम गरिरहेका छन् । उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइरहेका छन् । नेपाली कांग्रेस बिपीका कर्ण मल्ल पनि प्रतिस्पर्धामा छन् । एमालेका अध्यक्ष केपी ओली झन्डै दाेब्बर मतले अग्रता कायम गरिरहेका छन् । सत्तारुढ गठबन्धनबाट उठेका नेपाली कांग्रेसका…

Read More

जनकपुर – तराई मधेस केन्द्रित दलका शरदसिंह भण्डारीबाहेक सबै नेता दोस्रो स्थानमा सीमित रहेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले दोब्बरभन्दा मत अन्तरले पछि पारेका छन् । जनमतका राउतले १२७८१ मत ल्याउँदा जसपा अध्यक्ष उपेन्द्र यादव भने ६३४७ मतमा सीमित हुँदै आएका छन् । जारी मतगणनाअनुसार राउत विजयको नजिक पुगेका छन् । यादव यसअघि सप्तरी–२ र सुनसरीवाट निरन्तर विजयी हुँदै आएका थिए । राउतको अग्रतासँगै यादवको चौथोपटक विजयी हुने यात्रा रोकिने भएको छ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई स्वतन्त्र उम्मेदवारले पछि पारिरहेका छन् । महोत्तरी क्षेत्र नम्बर ३ वाट उठेका ठाकुरलाई स्वतन्त्र उम्मेदवार रामआधार कापरले…

Read More

पोखरा – म्याग्दीमा जारी मतगणना रोकिएको छ । एकै वडाको एक सय चारवटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि विवाद सुरु भएको हो । विवादसँगै मतगणना रोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  म्याग्दीमा एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २ प्रदेश सभा निर्वाचन क्षेत्र छन् । हालसम्म सत्ता गठबन्धनका उम्मेद्वारहरूले अग्रता लिइरहेका छन् । नेपाली कांग्रेसका खम्बिर गर्बुजाले पाँच हजार तीन सय ७० मत पाएका छन् भने एमालेका हरिकृष्ण श्रेष्ठले चार हजार ६ सय ४९ मत पाएका छन् ।

Read More

सुर्खेत – शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका अर्थमन्त्री जनार्दन शर्माले सुरुवाती अग्रता लिएका छन् । मंगलबार बिहानदेखि सुरु भएको मतगणनामा माओवादी केन्द्रका उम्मेदवार शर्माले पहिलो चरणमा गणना भएका ७३७ मतमध्ये ३५९ मत ल्याएका छन् । उनका उनका प्रतिद्वन्द्वी एमाले उम्मेदवार नन्दराम देवकोटाले २४९ मत ल्याएका छन्। शर्मा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् । २०६४ सालदेखि निरन्तर विजयी हासिल हुँदै आएका शर्मा यसपटक चौथो विजयको दौडमा छन् । राप्रपाका उम्मेदवार दिपककुमार मल्लले ७० मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार तारक केसीले २७ र हरिबहादुर पुनले दुई मत ल्याएका छन्।

Read More

सर्लाही – सर्लाही–२ मतगणना जारी रहँदा गठबन्धनबाट मित्रवत प्रतिस्पर्धा गरिरहेका महेन्द्रराय यादवले प्रतिनिधिसभातर्फका अग्रता कायम राखेका छन । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता यादवले मतान्तर बढाउँदै उनीसँग प्रतिस्पर्धामा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोलाई पछि पारेका छन् । निवर्तमान सांसद रायलाई सत्तारूढ गठबन्धनले आफ्नो आधिकारिक उम्मेदवार बताएको छ। यसअघि महतोले धनुषा–३ मा नेपाली कांग्रेसका विमलेन्द्र निधिलाई हराउँदै प्रतिनिधिसभामा आएका थिए । उनले यसपटक निर्वाचन क्षेत्र फेरेर गृह नगर सर्लाही आएका हुन् । हालसम्मको गणना भएको मतपरिणाम अनुसार रायले १८२५ मत ल्याएका छन् भने लोसपाका महतोले १३३१ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा एमालेका राजनारायण साहले ८८६ मत ल्याएका छन्।

Read More

अत्तरिया – कैलाली क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अघि बढेका छन् । पछिल्लो ५५ हजार चार सय दुई मतगणना भएको छ । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गङ्गाराम चौधरीको २० हजार दुई सय ३४ मत पाएर अघि बढेका हुन् । नेकपा (माओवादी केन्द्र)का कृष्णकुमार चौधरीको १४ हजार नौ सय ४६, नेकपा (एमाले)का उम्मेदवार गौरीशङ्कर चौधरीको छ हजार दुई सय ६९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्रबहादुर बमको छ हजार ६ सय ९२ मत पाएका छन् । यहाँ तीन हजार पाँच सय ५० मत बदर भएका छन् ।

Read More

सुरुङ्गा – आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको झापामा मतगणना जारी छ । प्रदेशसभा सदस्यतर्फको समेत दुईवटा निर्वाचन क्षेत्रमा झापामा मतगणना भइरहेको छ । जसअनुसार झापा–१ (१) को मा नेपाली कांग्रेसका उम्मेदवार गोपाल तामाङले चार हजार आठ सय १० मत प्राप्त गर्दै अग्रता लिएका छन् । त्यस्तै नेकपा (एमाले)मा उम्मेदवार रबिन कोइरालाले चार हजार ६० मत प्राप्त गर्दै दोस्रे स्थानमा छन् । त्यस्तै प्रदेशसभा २ मा नेकपा(माओवादी केन्द्र)का श्यामवीर लिम्बूले दुई हजार नौ सय ६८ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार सविना बजगाइँले दुई हजार ६ सय ९७ मत प्राप्त गरेकी छन् । त्यस्तै झापा क्षेत्र नं ३…

Read More