Author: Nisha Shrestha

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपालका लागि अमेरिकी महामहिम राजदुत डिन आर। थम्पसन बीच सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हलचोकमा शुक्रबार शिष्टाचार भेट भएको छ । भेटका अवसरमा महानिरीक्षक अर्याल र महामहिम राजदुतबीच दुई देशको सम्बन्ध र आपसी हितका बिषयमा कुराकानी भयो । शिष्टाचार भेटवार्ताले दुई देशका बीच रहिआएको सम्बन्धलाई थप उचाईमा पु¥याउने बिश्वास सशस्त्र प्रहरी बल मुख्यालयले लिएको छ ।

Read More

रुपन्देही – रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा राप्रपाका दिपक बोहरा विजयी भएका छन् । बोहोराले गृहमन्त्री एव‌ं सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका बालकृष्ण खाँणलाइ २६८१ मत अन्तरले पराजित गरेका हुन् । राप्रपाका उम्मेदवार बोहराले ३६ हजार ७१७ मत प्राप्त गर्दै विजयी हुँदा खाँणले ३४ हजार ३६ मत प्राप्त गरेर पारजित भए । रुपन्देही ३ का मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाका रुपन्देही ३ मा ९३ हजार ६ सय ५ सय ६७ खसेको थियो बोहोरा नेपालको राजनीतिमा ४ दशकदेखि राप्रपामा क्रियाशील रहँदै आएका छन् । २०३६ सालमा रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित उनी २०४२ सालको राष्ट्रिय पञ्चायत सदस्यमा समेत विजयी…

Read More

गण्डकी – गण्डकी प्रदेशका पुर्वमुख्यमन्त्री तथा नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ तेस्रो पटक संसद् प्रवेश गर्ने अवसर प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनबाट माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मत अन्तरले पछि पार्दै विजयी बन्नुभएका एमाले सचिव गुरुङ तेस्रो पटक संसद् प्रवेश गर्न सफला पाउनु भएको हो । जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार विजयी गुरुङले ३४ हजार नौ सय ६९ मत प्राप्त गर्नुभएको छ भने उपबिजेता माओवादी केन्द्रका महासचिव गुरुङले ३१ हजार सात सय ८१ मत प्राप्त गर्नुभएको छ । कूल एक लाख ३३ हजार पाँच सय ५९ जना मतदाता रहेकामध्ये…

Read More

काठमाडौँ – पशुपति क्षेत्र विकास कोषसँग मारवाडी सेवा समितिले गरेको सम्झौताविपरीत पशुपति गौशाला धर्मशाला क्षेत्रमा पसल, चमेना गृह, अस्पताल सञ्चालनका लागि मापदण्ड पूरा नगरी बनेका संरचना साङ्केतिकरुपमा भत्काउन थालिएको छ । कोषले भत्काउन लाग्दा मारवाडी समुदायले अवरोध गरेपछि आज भत्काउन भने बन्द गरिएको छ । त्यसक्रममा केहीबेर भनाभनसमेत भएको थियो । कानूनअनुसार पशुपतिनाथको जग्गा उपयोग गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । धर्मशाला क्षेत्रमा कोषसँग समितिले गरेको सम्झौताविपरीत दूध तथा दुग्धजन्य पदार्थ बिक्रीवितरण गर्ने गरेकाले व्यापारमा प्रयोग भएका कानूनविपरीतका संरचना साङ्केतिकरुपमा भत्काउन थालिएको हो । विसं १९९९ साल जेठ २ गतेको पुर्जीअनुसार साँढेलाई गौचरण राखी जुनेलो घाँस लगाउन हरिनारायण…

Read More

इलाम – इलाम क्षेत्र नं २ को मतगणना अन्तिम समयमा पुग्दा रोचक बन्दै गएको छ । यहाँ नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको मतअन्तर क्रमशः घट्दै गएको छ । इलाम नगरपालिकाको मत गणना हुनुअघि करिब दुई हजार मतले अघि रहनुभएका नेम्वाङको मत अन्तर क्रमशः घट्दै गएको छ । हाल उहाँ १६ मतले पछि पर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदार डम्बरबहादुर खड्काले २८ हजार चार सय ८६ मत प्राप्त गर्नुभएको छ भने एमाले उम्मेदवार नेम्वाङले २८ हजार चार सय ७० मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अब इलाम नगरपालिका–१ र २ को मत गन्न बाँकी छ । यस…

Read More

महेन्द्रनगर – नगरमङ्सिर ४ मा सम्पन्न निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यका १५ र प्रदेशसभाका ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेको छ । प्रदेशमा प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमध्ये बाजुरा जिल्लाको नतिजा आउन बाँकी छ । मतदानको दिन उत्पन्न असहज परिस्थितिका कारण रोकिएको बाजुराको एक केन्द्रमा आज मतदान भइरहेको छ । सुदूरपश्चिमको डडेलधुराबाट प्रतिनिधित्व गर्नुहुने प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाल सरकारका दुई मन्त्री प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकाल रहनुभयो । विसं २०४८ यता भएका निर्वाचनमा देउवा विजयी हुँदै आउनुभएको छ । दार्चुलाबाट प्रतिनिधित्व गर्नुहुने उद्योग, वाणिज्य…

Read More

खोटाङ – प्रतिनिधिसभा समानुपातिकतर्फ खोटाङमा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ । एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभा समानुपातिकतर्फ खसेको ६७ हजार ९८९ मतमध्ये एमालेलाई २४ हजार २७१ मत प्राप्त भएको हो । खोटाङबाट साना तथा ठूला गरी ४७ दलले समानुपातिक मत पाएका छन् । कतिपय दलले एक मत पनि पाएका छन् । प्रतिनिधिसभा समानुपातिकतर्फ तीन हजार ६ सय २० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभा समानुपातिकमा कांग्रेसलाई १८ हजार ६ सय ७२, माओवादी केन्द्रलाई ११ हजार आठ सय ४५, एकीकृत समाजवादीलाई तीन हजार ३६, जसपालाई दुई हजार दुई सय ४८, राप्रपालाई एक हजार दुई सय…

Read More

विराटनगर – सुनसरीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् । सत्ता गठबन्धनको साथ रहेका सञ्‍चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका कार्कीले दिउँसो १ बजेसम्म २२ हजार ३४५ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार एव‌ं प्रदेश १ का पूर्वमन्त्री जगदीशप्रसाद कुसियैतले २२ हजार १६१ मत पाएका छन् । कुसियैतभन्दा कार्की १७६ मतले अगाडि छन् ।

Read More

काठमाडौं – नेकपा (एमाले) का उपाध्यक्ष तथा रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित विष्णुप्रसाद पौडेलले आफूले मत माग्ने क्रममा जनतासँग गरेका वाचा पूरा गर्ने बताउनुभएको छ । प्रतिनिधिसभामा निर्वाचित भएसँगै राससलाई दिनुभएको प्रतिक्रियामा उहाँले भन्नुभयो, “रुपन्देहीका जनताले आफूलाई यसपटक पनि अनुमोदन गरेबाट विकासप्रति यहाँका मतदाताको आकाङ्क्षा झन् प्रकट भएको महसुस गरेको छु, जताका विकासका आकाङ्क्षा पूरा गर्नेछु ।” उहाँले रुपन्देही जिल्लासहित बृहत् लुम्बिनी क्षेत्रको व्यवस्थित र दीर्घकालीन विकासमा जोड दिने प्रतिबद्धता आफूले निर्वाचनका बेला जनतासँग गरेको र आगामी दिनमा अब सोहीबमोजिम नै काम अघि बढाउने पनि बताउनुभयो । आफ्नो निर्वाचन क्षेत्र सँगैसँगै सिङ्गो रुपन्देही जिल्लाको विकासका लागि…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्षबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज उहाँहरुबीच भएको भेटमा निर्वाचनको हालसम्मको परिणाम र विकसित राजनीतिक घटनाक्रममा केन्द्रित रही छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्र सहित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन गरेको अवस्थामा निर्वाचनको परिणाम आउँदै गर्दा भएको यस भेटघाटलाई आगामी सहकार्यका रुपमा हेरिएको छ । प्राप्त मतपरिणामअनुसार हालसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस ३९ र माओवादी केन्द्र १३ स्थानमा विजयी भएका छन् ।

Read More