Author: Nisha Shrestha

मोरङ – मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा सुनचाँदी पसल सञ्चालन गरेर बसेका एक दम्पतीलाई रु ८२ लाख ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर रु ८२ लाखभन्दा बढी ठगी गरेको पाइएपछि कमला ज्वेलर्सका सञ्चालक ४२ वर्षीय राजु विश्वकर्मा र उनकी पत्नी ३८ वर्षीया कमला विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार १७ प्रतिशत ब्याज दिने भनेर प्रलोभनमा पार्दै रु ८२ लाख ७४ हजार छ सय दुई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बचतकर्ताले रकम फिर्ताको माग गरेपछि ज्वेलर्स सञ्चालक विभिन्न बहाना बनाएर पसल नै बन्द…

Read More

काठमाडौँ – निर्वाचन आयोगले डडेल्धुरा क्याम्पसका हेमा भट्टलाई स्पष्टीकरण सोधेको छ । भट्टले आफ्नो फेसबुक पेजमार्फत राजनीतिक दलको चुनावी प्रचारप्रसार गरेको भनी उजुरी परी राष्ट्रिय सतर्कता केन्द्रमार्फत आयोगमा लेखी आएकोले स्पष्टीकरण सोधेको हो । निर्वाचन आचारसंहिता, २०७९ को दफा १०, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने’ र ऐ। दफाको खण्ड (ज) मा ‘सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक…

Read More

कैलाली – कैलालीको भजनी नगरपालिका जयबहादुर बुढा लामो समयदेखि व्यावसायिक बङ्गुरपालन गर्दै आएका छन् । उनको सो व्यवसायमा एकाएक अफ्रिकन स्वाइन फिभरले क्षति पुगेको छ । फार्ममा रहेका चार सय ३२ बङ्गुर मरेपछि उनले ठूलो क्षति व्यहोर्नुपरेको हो । भजनी नगरपालिका पशु सेवा शाखाले तयार गरेको प्रतिवेदनमा फार्ममा रु ९५ लाख २० हजार बराबरको क्षति भएको विवरण उल्लेख छ । बडिमालिका कृषि प्रवद्र्धन केन्द्रको नामबाट व्यावसायिक बङ्गुरपालन गर्दै आएका बुढालाई यो समस्याले निकै चिन्तित बनाएको बताउँछन् । ‘बैंकबाट ऋण लिएर व्यवसाय सुरु गरिएको थियो । अहिले फार्म रित्तो भएको छ । आम्दानीको माध्यम समाप्त हुँदा बैंकको ब्याज र किस्ता कसरी…

Read More

बारा – बारामा मंसिर ४ गते हुने निर्वाचनको स्थिर समय (मौन अवधि)मा आचारसंहिताविपरीत उम्मेदवारहरूको घरदैलो भएको छ । बाराको क्षेत्र नम्बर ४ मा पर्ने परवानीपुर गाउँपालिका ३ लिपनीमालमा आचारसंहिताविपरीत घरदैलो कार्यक्रम भएको हो । सता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) र प्रदेशसभा सदस्य ९ख० का उम्मेदवार जितेन्द्र सोनलले शुक्रबार बिहान घरदैलो गरेका हुन् । करिब एक सयभन्दा बढी नेता कार्यकर्ताको सहभागितामा घरदैलो भएको स्थानीयवासीले बताएका छन् । बिहीबार मध्यराति १२ बजेबाट चुनाव प्रचारप्रसारमा रोक लगाइएको छ । तर, यसको उल्ल‌ंघन गर्दै किसान र सोनलले शुक्रबार बिहान घरदैलो कार्यक्रम गर्दै मत मागिरहेका छन् । यसबारे खबर पाएको प्रहरीले आचारस‌ंहिताविपरीतका कार्य रोक्न…

Read More

काठमाडौँ – सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले बढेको छ । सुन आज तोलामा एक सय रुपैयाले बढेर तोलामा ९८ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको मूल्य हिजो तोलामा २ सय रुपैयाँले घटेर ९८ हजारमा कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । हिजो तोलामा १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Read More

बाजुरा – बाजुराको हिमाली गाउँपालिका ३ गुम्बामा रहेको मतदान केन्द्रमा ५५ जना मतदाता रहेका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यहाँ ६० जना मतदाता थिए । मृत्यु भएका पाँच जनाको नाम हटाउँदा ५५ जना कायम भएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले जानकारी दिए । बाजुरा जिल्लाका ७० वटा मतदान केन्द्रमा र ११२ मतदान स्थलहरु रहेका छन् । बाजुरामा सबैभन्दा कम मतदाता ५५ जना गुम्बा गाउँको मतदान केन्द्रमा रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । गुम्बा गाउँमा रहेको हिमाल भक्ति आधारभूत विद्यालयमा मतदान केन्द्र राखिएको छ ।

Read More

काठमाडौं – निर्वाचन आयोगले पर्सामा रहेको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोजकुमार र प्रमुख प्रशासकीय अधिकृत सम्भुप्रसाद साहलाई स्पष्टीकरण सोधेको छ ।  गाउँपालिकाले चुनावका बेला करार सेवामा शिक्षक नियुक्तको प्रक्रिया अगाडि बढाएपछि स्पष्टिकरण सोधिएको हो । ‘निर्वाचन आचारसंहिता, ०७९ लागू रहेको अवस्थामा अगाडि बढाइएको करार शिक्षक नियुक्ति प्रक्रिया सम्बन्धमा के कसो भएको हो? यदि निर्वाचन आचारसंहिता विपरित हुने गरी करारमा शिक्षक नियुक्ति गरिएको हो भने उक्त नियुक्ति बदर गर्नु नपर्ने कारण के हो? आयोगले भनेको छ । आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगमा लिखित स्पष्टीकरण पेश गर्न भनेको छ ।

Read More

ललितपुर – ललितपुर स्थित जावलाखेलमा रहेको सत्ता गठबन्धनको सम्पर्क कार्यालय अगाडि प्रेसर कुकर बम फेला परेको छ । शुक्रबार बिहान भेटिएको उक्त बम नेपाली सेनाको टिमले डिस्पोज गरेको एसपी सुधिर शाहीले जानकारी दिए । ​ निर्वाचन विथोल्ने मनासायका साथ उपत्यकाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु राखिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले घटनाबारे अनुसन्धान गरिरहेको छ ।​ आजै बिहान काठमाडौंको बूढानीलकण्ठ र हाँडीगाउँ स्थित भत्केको पुलमा शंकास्पद वस्तु फेला परेको थियो । हाँडीगाउँमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा शुक्रबार बिहान भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको टिमले डिस्पोज गरेको हो ।

Read More

काठमाडौँ – निर्वाचनमा ३४ हजार ८३८ सशस्त्र प्रहरी खटिएका छन् । निर्वाचनमा जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयको सुरक्षा विशेष जिम्मेवारी छ । यसबाहेक सीमा सुरक्षा पनि सशस्त्रकै जिम्मेवारीमा छ । बिहीबार रातिदेखि भारतसँगका सबै नाका बन्द भएकाले नाकामा निगरानीको जिम्मेवारी सशस्त्र प्रहरीको काँधमा छ । यो जिम्मेवारीका लागि सबै नाकामा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी)बाट परिचालन भएको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी पुरुषोत्तम थापाले बताए । निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरीले रिजर्भ फोर्स र क्युआरटी पनि खटाउने योजना बनाएको छ । ‘निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गराउन सशस्त्र प्रहरी योजनाबद्ध रूपमा परिचालित छ,’ प्रवक्ता थापा भन्छन्, ‘सीमा सुरक्षादेखि मतपेटिका सुरक्षासम्मको जिम्मेवारीमा हामी…

Read More

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को कार्यालयमा तोडफोड भएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार कार्यालयमा बिहीबार मध्यराति तोडफोड भएको हो । ‘कसले र किन तोडफोड भएको हो अहिलेसम्म खुल्न सकेको छैन,’ श्रेष्ठले भने । राप्रपाको झण्डा, ब्यानर च्यातिएको छ । काठमाडौं-५ मा राप्रपाबाट प्राध्यापक डा रामप्रसाद उप्रेती, एमालेबाट इश्वर पोखरेल र कांग्रेसबाट प्रदीप पौडेल उम्मेदवार छन् ।

Read More