Author: Nisha Shrestha

काठमाडौं – शनिबार अपरान्हसम्म निर्वाचन आयोगले दिएको समयसीमाभित्र ७ वटा राजनीतिक दलले समानुपातिक सांसदहरुको सूची बुझाएका छन्। समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सांसदहरुको प्रतिनिधित्व समावेशी बनाउन राजनीतिक दलहरुले ३३ प्रतिशत महिला प्रतिनिधित्व पुरा गर्न समानुपातिकतर्फ महिला सांसदहरू सिफारिस गरेका छन्। सत्तारुढ दल नेपाली कांग्रेसले ३२, नेकपा एमालेले ३४, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, जनता समाजवादी पार्टीले ५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ र जनमत पार्टीले ५ जना समानुपातिक सांसद पाएको थियो। नेकपा एमालेका समानुपातिक सांसदहरूः आदिवासी/जनजातितर्फदेवीप्रसाद भट्टचनहेमराज राईकालुराम राईनैनकला थापा मगरसूर्यकुमारी श्रेष्ठउर्मिला थेवेईश्वरी घर्तीरणकुमारी बलम्पाकीमगरशान्ति श्रेष्ठसरस्वती सुब्बा खस आर्यतर्फरघुजी पन्तएकनाथ ढकालदयालबहादुर शाहीमेनुकाकुमारी पोखरेलसरिता भुसालशोभा ज्ञवालीबिजुला रायमाझीनिर्मला कोइरालासम्झना थपलियादीपा शर्मासुनिता बराल…

Read More

काठमाडौं – जाडो याम नजिकिँदै गर्दा पाकिस्तानमा बिजुली र ग्यासको अभाव हुन थालेको छ । पाकिस्तानमा हरेक वर्ष हिउँदमा दाउरा र कोइलाको बढ्दो मूल्यका कारण बिजुली र ग्यासको अत्यधिक माग हुने हुँदा अभाव हुने गरेको हो । पाकिस्तानमा गएको वर्षको तुलनामा काठ र कोइलाको मूल्य दोब्बर भएपछि बिजुली र ग्यासको अत्यधिक माग बढेको छ । सिन्ध, पञ्जाब र खैबर पख्तुनख्वाका धेरै सहरमा ग्यासको अभाव भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। ग्यास अभाव र लोडसेडिङका कारण कराँची, लाहोर, हैदराबाद, मुल्तान, पेशावर र रावलपिण्डीका नागरिकहरु समस्यामा परेका छन् । उपभोक्तालाई इन्धनको आवश्यकता पूरा गर्न ग्यास आपूर्ति गर्ने योजना प्रभावकारी हुन नसकेको नागरिकको गुनासो…

Read More

काठमाडौँ – आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । गत शुक्रबार तोलामा १ लाख ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ पनि प्रतितोला २ सय रुपैयाँले नै बढेर १ लाख रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको तोलामा १० रुपैयाँले बढेर तोलामा १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको एक सय १० सिटमध्ये ३२ सिट प्राप्त गरे पनि पुरुष सांसद निर्वाचित गर्न तीन जनाको नाममात्र छनोट गरेको छ । प्रत्यक्षतर्फ कुल एक सय ६५ सिटमध्ये कांग्रेसका एक महिलामात्र निर्वाचित हुनुभएको र सङ्घीय संसद्मा महिला प्रतिनिधित्व ३३ प्रतिशत पु¥याउनुपर्ने संवैधानिक प्रावधानका कारण समानुपातिकमा पुरुष सङ्ख्या कम छनोट गर्नुपरेको हो । कांग्रेस पदाधिकारी बैठकले प्रतिनिधिसभातर्फको समानुपातिक सांसद हुनेहरूको नाम शनिबार टुङ्गो लगाई निर्वाचन आयोगमा बुझाएको सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो । कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ दलित क्लष्टरबाट जीवन परियार, खसआर्यबाट डा प्रकाशरण महत र मधेसीबाट विमलेन्द्र निधिको नाम टुङ्गो लगाएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ…

Read More

कीर्तिपुर – बसको ठक्करबाट एक जना सशस्त्र प्रहरीको ज्यान गएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित सशस्त्र प्रहरी गणअगाडिको मूल सडकमा बसले ठक्कर दिँदा २९ वर्षीय सुवासचन्द्र रतेलाको ज्यान गएको हो । बल्खुबाट चोभारतर्फ गइरहेको इण्डियन मोडर्न स्कूलको ना.१क१६१२ नम्बरको बसले सशस्त्र प्रहरी केन्द्रीय कार्यालय, हलचोकमा कार्यरत बझाङको जयपृथ्वीबहादुर नगरपालिका कोटेली–५ निवासी रतेलाले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका रतेलालाई तत्काल उपचारका लागि बयोधा अस्पताल,बल्खु लगिएको थियो ।

Read More

झापा – जंगली हात्तीको आक्रमणबाट झापामा चार जना घाइते भएका छन् । घाइते हुनेमा हल्दिबारी गाउँपालिका ५ निवासी गौरादेवी पौडेल, सोही ठाउँका नगेन्द्र पौडेल, पार्वतादेवी पौडेल र चेतन पौडेल रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुई परिवारका चार सदस्यको भद्रपुरस्थित मेची अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार हल्दिबारी गाउँपालिका ४ स्थित कालीमन्दिर टोलको गाउँमा आइतबार बिहान करिब २स्१५ बजे चारकोशे जलथल जंगली हात्तीबाट हात्ती निस्किएका थिए । गाउँघरमा हात्ती निस्किएपछि खेदाउने क्रममा हात्तीको आक्रमणमा परी उनीहरू घाइते भएको स्थानीयले बताएका छन् । साथै हात्तीले स्थानीय जयप्रकाश दाहालको अन्दाजी एक बिगाहाको धान पूर्ण रूपमा क्षति पुर्‍याउनुका साथै विजय…

Read More

डुम्रे – बजारमा अदुवाको माग घटेपछि किसान कम मूल्यमा बिक्री गर्न बाध्य भएका छन् । बारीमै अदुवा कुहिन थालेपछि कम मूल्यमा नै बिक्री गर्न बाध्य भएको तनहुँको भिमाद नगरपालिका–४ रजिडाँडाका अदुवा कृषक तुलबहादुर राना बताउनुहुन्छ । “अदुवा निकाल्ने समय भएको छ । अदुवाको माग खासै आएको छैन । कुहिनुभन्दा कम मूल्यमा बिक्री गर्न थालेका छौँ”, उहाँले भन्नुभयो । गत वर्ष अदुवाको माग नभएपछि बिक्री गरिएको थिएन । यस वर्ष पनि माग नआएको उहाँ बताउनुहुन्छ । “बारीमै कुहिनुभन्दा कम मूल्यमै बेच्न थालेका छौँ । विगत दुई वर्षदेखि धार्नीको रु दुई सयदेखि रु दुई सय ५० सम्ममा बिक्री गर्दै आएका थियौँ ।…

Read More

म्याङ्लुङ – सानो घर। सानै परिवार। आर्थिक अवस्था भने कमजोर। बिहान–बेलुकी हातमुख जोड्न ज्याला मजदुरीकै भर। घरमा उब्जाइएको कमाइले तीन महिना पनि धान्न मुस्किल। यी र यस्तै परिवारमा रहेकी तेह्रथुम छथर गाउँपालिका–५ ओख्रेकी वासुकला विश्वकर्माको पारिवार। विगत लामो समयसम्म गरिबीको पीडामा पिल्सिएको सो परिवारको राम्रो आम्दानीको स्रोत थिएन। गाउँमा जसोतसो साहुमहाजनको बनिबुतो गरेर चार जनाको परिवार गुजारा चलेको थियो। जीवनका सङ्घर्ष निकै कष्टकर नै थियो। कमाइ ल्याउने र पकाइ खानेमै सकस थियो उनको परिवारलाई। तर यतिबेला उनको दैनिकी फेरिएको छ। देउराली सोसाइटी र दलित सचेतना समाज ड्यासले सञ्चालन गरेको तालिममा सहभागी उनी यतिबेला व्यावसायिक अचार उत्पादनमा भ्याइनभ्याइ बन्दै आएकी छन्।…

Read More

काठमाडौँ – दलहरुले बुझाएको समानुपातिक सांसदहरुको सूची सच्याउन निर्वाचन आयोगले आजदेखि २ दिनको समय दिएको छ । समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन आयोगले आइतबार र सोमबार दुई दिनको समय दिएको छ । आयोगको तालिका अनुसार दलहरुले शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए । ती नामावली भित्रैबाट दलहरुले समानुपातिक सांसदको सूची बुझाउनुपर्छ । दलहरुले शनिबार बुझाएको नामावलीले आयोगले छानबिन गरेर प्रमाणित भएपछि मात्रै मान्यता पाउँछ । निर्वाचन आयोगका अनुसार नामावलीमा आजैबाट छानबिन सुरु भएको छ । यदि क्लष्टर नमिलेको भए सच्याएर पुनः पेस गर्न दलहरुलाई आजै पत्राचार गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा…

Read More

कैलाली – कैलालीको चुरे गाउँपालिका–३ चित्रपुरका आधारभूत तहमा अध्ययनरत सोनिया धामी गायनमा निकै पोख्त हुनुहुन्छ । साथीहरुसंग माझमा कुरा गर्न हिच्किचाउने, लाजले मुख थुन्ने उहाँ अहिले निर्धक्कसँग विद्यालयमा हुने कार्यक्रममा भाग लिन थाल्नुभएको छ । गीत–सङ्गीतमा उहाँ विद्यालयकै अब्बल छात्राका रूपमा परिचित हुनुभएको छ । शिक्षामा कोभिड प्रतिकार्य कार्यक्रमअन्तर्गत टोल कक्षा सञ्चालन भएपछि विद्यार्थीको क्षमता अभिवृद्धि भएको छ । “कोरोना सङ्क्रमणका बेला विद्यालयको पढाइ प्रभावित हुँदै आएको थियो”, टोल शिक्षक दुर्गा मल्लले भन्नुभयो, “बालबालिका घरमा बस्नुपर्दा विद्यालयमा सिकेको कुरा बिर्सिसकेका थिए, टोल कक्षा सञ्चालन भएपछि बालबालिकाको पढ्ने, क्षमता प्रदर्शन गर्ने कार्यमा वृद्धि भएको छ ।” अडियो, भिडियो सुनेर कक्षामा बालबालिकाले…

Read More