Author: Nisha Shrestha

काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख दुई हजार आठ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख दुई हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार दुई सय ७५ पुगेको महासङ्घले जनाएको छ ।…

Read More

महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगरमा रुपालवासीको परम्परागत रुपाली होलीले रौनकता छाएको छ । फागू पुर्णिमाको तीन दिनअघि देखि सुरु भएको रुपाली होली कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडा र १८ गोवरीयामा भव्य रुपमा एकादशीदेखि सुरु भएको हो । दशकौँदेखि सुदूरपश्चिममा समुदाय विशेषले मनाउने रुपाली होलीको रौनक बढेको निम्बुखेडा रुपाली होली समाजका अध्यक्ष डम्बरदत्त भट्टले जानकारी दिनुभयो । रुपाल सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिकामा पर्ने गाउँ हो । सो बसोबास गर्ने नागरिकलाई ‘रुपालवासी’ भनेर स्थानीय भाषामा चिनिन्छ । डडेल्धुराको रुपालदेखि बसाइसरी कञ्चनपुरको महेन्द्रनगर र आसपासका क्षेत्रमा आएका रुपाली समुदायले तराइझरेयता नियमित रुपमा पम्परागत होलीलाई निरन्तरता दिदै आएका छन् । “रुबालीहरु बीचको एकता र…

Read More

धनगढी – नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई विश्वासको मत दिने भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन निर्देशन दिएपछि मत दिने भएको हो। हिजो माओवादीको सुदूरपश्चिम संसदीय दलले पत्र लेखेर विश्वासको मत दिनेबारे पार्टीको हाइकमाण्डको प्रतिक्रिया मागेका थिए। त्यसपछि माओवादीका अध्यक्ष दाहालले आठ दलीय गठबन्धन जोगाउन विश्वासको मत दिन निर्देशन दिएका हुन्। सुदूरपश्चिम दलका नेता खगराज भट्टले ‘विश्वासको मत दिन निर्देशन आएको बताउँदै भागवण्डा र पावर सेयरिङको विषय पनि माथिबाट नै टुंगो लागेको बताए। प्रचण्डको निर्देशनपछि अहिले माओवादी दलको बैठक बस्ने तयारीमा छ। उक्त बैठकले सोही निर्णय सदर गर्ने बुझिएको छ।…

Read More

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदैछन्। दिउँसो १ बजे मुख्यमन्त्री शाहले विश्वासको मत लिने गरि प्रदेश सभाको बैठक आह्वान गरिएको छ। माघ महिनाको २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। सोही अनुसार आज शाहले विश्वासको मत लिँदै छन्। केन्द्रमा नयाँ समीकरण (राष्ट्रपति चुनावको सम्मुखमा बनेको आठ दलीय गठबन्धन) बनेसँगै विश्वासको मत पाउन ढुक्क बनेका मुख्यमन्त्री शाहले आज प्रदेश सभाबाट दुई तिहाइ मत पाउने देखिएको छ। गठबन्धनका दलहरु नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र प्रदेश सभा सदस्यले मुख्यमन्त्री…

Read More

काठमाडौं – अछाममा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार बिहान ८ बजेर ३५ मिनेटमा अछामको छतारा आसपास केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आजै बिहान ८ बजेर ३ मिनेटमा काभ्रेपलाञ्चोकको दाप्चा छत्रेबाँझ आसपास केन्द्रविन्दु भएको ४.३ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिएको थियो । ३२ मिनेटको फरकमा देशका भिन्दाभिन्दै स्थानमा चार म्याग्निच्युडमाथिका भूकम्पका दुई धक्का मापन गरिएको हो । अछाममा नयाँ भूकम्प र काभ्रेको धक्का विनाशकारी ‘गोरखा भूकम्प’को परकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले जानकारी दिए । यी भूकम्पका कारण कुनै क्षतिको विवरण आएको छैन ।

Read More

डडेल्धुराः डडेल्धुरामा बदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। आइतबार बिहान बदेलको आक्रमणबाट जिल्लाको अमरगढी नगरपालिका–३ डोटी घटालस्थित गुजरलेकका ५२ वर्षीय गणेश पल्लेको ज्यान गएको हो। पल्ले आज बिहान खेतमा गोरु डो¥याउन गएको बेला बदेलको आक्रमणबाट परेका थिए। स्थानीयका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो। यता, डडेल्धुराका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले घाइते पल्लेको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको बताए। मृतक पल्लेको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ। बदेलको आक्रमणले मानिसको ज्यान नै गएपछि स्थानीय त्रसित बनेका छन्।

Read More

महेन्द्रनगर – पूर्व–पश्चिम राजमार्ग स्तरोन्नतिलाई कञ्चनपुरमा अगाडि बढाइएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले राजमार्ग स्तरोन्नति कार्यक्रमअन्तर्गत रु आठ करोड बजेटमा ठेक्का प्रक्रियामार्फत काम थालनी गरेको हो । यसका लागि माटो भरान गर्ने, कल्भर्ट बनाउने कार्य भइरहेको कार्यालयका सूचना अधिकारी पियुस चटौटले बताउनुभयो । उहाँका अनुसार महेन्द्रनगर बजार क्षेत्रको शिवमन्दिर अगाडिको क्षेत्रमा तीन किलोमिटर र झलारी क्षेत्रमा एक हजार दुई सय मिटर सडक स्तरोन्नति भइरहेको छ । सडक स्तरोन्नति सकिएसँगै कालोपत्रे गर्ने कार्य हुने सूचना अधिकारी चटौतले बताउनुभयो । “दश पाइप कल्भर्ट चौडा गर्ने अन्तिम चरणमा पुगेको छ”, उहाँले भन्नुभयो, “सडकको चौडाइ बढाएर चार लेनको बनाउनका लागि कार्य अगाडि बढेको…

Read More

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले भोलि (आइतबार) प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। २६ माघमा एमालेका राजेन्द्रसिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि उनी पदमुक्त भएका थिए। त्यसपछि १९ जना प्रदेश सभा सदस्य रहेको नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह ठूलो दलको हैसियतमा सोही दिन मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनै शाहले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिदैछन्।राष्ट्रतिको निर्वाचनलाई लिएर समीकरण फेरिएपछि उनले विश्वासको मत लिने भएका हुन्। नयाँ बनेको समीकरणमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी लगायतका दलहरू छन्। त्यसकारण मुख्यमन्त्री शाहले विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको जनाएका…

Read More

धनगढी- सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रले विश्वासको मत दिने अथवा नदिनेबारे कुनै निर्णय गरेको छैन। आज (शनिबार) संसदीय दलको कार्यालयमा माओवादी केन्द्रको दलको बैठक बसेको थियो। तर, बैठकले विश्वासको मत दिने अथवा नदिने कुनै निर्णय नगरेको बैठकमा सहभागी एक प्रदेश सभा सदस्यले जानकारी दिए।उनका अनुसार बैठकले कुनै यथेष्ट निर्णय नगरेर त्यसबारे केन्द्रलाई पत्राचार गरिएको छ। उनले भने, ‘मुख्यमन्त्रीमा हाम्रो दाबी कायम छ। मुख्यमन्त्रीले सरकार गठन गर्दा हामीलाई जानकारी गराएन, समन्वय पनि गरेन। त्यसकारण हामीले नेकपा माओवादीको तर्फबाट सुदूरपश्चिम प्रदेश संसदीय दलले यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नसक्ने जानकारी गराउदै केन्द्रलाई पत्र पठाएका छौं।’बैठकपछि माओवादी संसदीय दलका नेता खगराज भट्ट…

Read More

धनगढी – सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले मन्त्रालयको भागबन्डामा लिखित प्रतिबद्धता मागेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार विश्वासको मत लिने तयारी गरेका बेला आठ दलीय सत्तारुढ गठबन्धनमा आबद्ध नाउपाले लिखित प्रतिबद्धता मागेको हो । ‘दलीय सहमतिको लिखित हस्ताक्षर बिना विश्वासको मत दिन सकिँदैन,’ नाउपाकी अध्यक्ष रिञ्जता श्रेष्ठले फेसबुकमा लेखेकी छन् । नागरिक उन्मुक्ति पार्टी प्रदेश संसदीय दलका नेता रामेश्वर चौधरीले पनि सरकारमा जाने अवस्थामा मन्त्रालयको भागबन्डाका सम्बन्धमा लिखित प्रतिबद्धता दिनुपर्ने माग पार्टीको रहेको बताए । ‘हामी अहिलेको सरकारलाई विश्वासको मत दिने समझदारीमा पुगेका छौँ तर उहाँहरूले मन्त्रालयको भागबन्डामा लिखित प्रतिबद्धता जनाउनुपर्छ,’ चौधरीले अनलाइनखबरसँग भने, ‘उहाँ(मुख्यमन्त्री) ले दिनुभएन भने त्यसपछि…

Read More