काठमाडौं : आज राति आकाशमा ‘भूतप’ उल्का वर्षा हुने भएको छ।
सन् २०२४ कै पहिलो उल्का वर्षा बिहीबारदेखि शुक्रबार सूर्योदय हुनुअघिसम्म देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।
बिहीबार दिउँसोदेखि नै उल्का वर्षा सक्रिय हुने भएपछि राति साढे ११ बजेदेखि शुक्रबार बिहान सूर्योदयअघिसम्म हेर्न सकिने उनले बताए।
भूतप उल्का वर्षा स्थानीय समयअनुसार आज दिउँसोदेखि अत्यधिक मात्रामा सक्रिय हुनेछ । तर, आँखाले भने बिहीबार राति ११ः३० बजेदेखि शुक्रबार सूर्याेदयभन्दा अगाडिसम्म हेर्न सकिनेछ ।
Facebook Comments Box