काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ।
प्रधानमन्त्री प्रचण्डले गत मंसिर २० देखि लागू हुनेगरी गजुरेलको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले नियुक्त भएको १० महिनापछि गत २० मंसिरमा गजुरेलले राजीनामा बुझाएका थिए।
तर, उनको राजीनामा गुपचुप पारिएको थियो। गजुरेलले सरकारको काम कारवाहीसँग नीतिगत रूपमा असहमति रहेको बताउँदै राजीनामा दिएको स्रोतको भनाइ छ।
Facebook Comments Box