धनगढी : मध्यपश्चिम विश्वविद्यालयले प्रश्नपत्र आउट गरेको जनाउँदै परीक्षा व्यवस्थापन कार्यालयका प्रमुखसहित इन्जिनियरिङ शाखामा काम गर्ने छ जना कर्मचारीलाई निलम्बन गरेको छ।
पुस ३ गतेदेखि सञ्चालन हुने भनिएको परीक्षाको प्रश्नपत्र अघिल्लो दिन साँझ नै सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएपछि परीक्षा व्यवस्थापन प्रमुख नगेन्द्र साउदसहित छ जनालाई निलम्बन गरिएको हो।
ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङतर्फ स्नातक तह छैटौं सेमेस्टरको डिजाइन अफ स्ट्रक्चर विषयको परीक्षा हुनुअघि नै प्रश्नपत्र बाहिरिएको थियो।
प्रश्नपत्र बाहिरिएपछि परिक्षा तत्काल रद्द गरियो। अहिले उक्त घटनाबारे छानबिन भइरहेको विश्वविद्यालयले जनाएको छ।
Facebook Comments Box