काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली सेनाको एमआई १७ हेलिकोप्टरमा रामेछाप गएका छन्। उनी डेढ दर्जन सदस्य रहेको टोलीका साथ रामेछापको सुनपाति गाउँपालिका पुगेका हुन्।
प्रधानमन्त्रीले सुनपाति गाउँपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीको टोलीमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, प्रधानमन्त्री पुत्री गंगा दाहाललगायत छन्।
प्राप्त विवरणमा काठमाडौंबाट प्रधानमन्त्री दाहालसँगै रामेछाप गएकामा युवराज चौलागाईं, टंकलाल घिसिङ, मनहरि तिमिल्सिना, शिव खकुरेल, प्रदीपराज वन्त र नवराज दाहाल छन्।
त्यसैगरी सुरक्षाकर्मीहरुमा लेफिट्नेन्ट कर्नेल निरज भण्डारी, मेजर प्रशान्त थापा, डिएसपी हेमन्त कार्की, राष्ट्रिय अनुसन्धान विभागका एसपी हेमन्त कार्की, इन्सपेक्टर मनोज थापालगायत डोलेन्द्र घिमिरे, विनोद बोहोरा र घनश्याम श्रेष्ठ रहेको बताइएको छ।