काठमाडौं : सरकारले समयमा काम सम्पन्न नगर्ने दुई निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोडेको छ।
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले ठेक्का तोडेको जनाएको हो।
श्री देव निर्माण एण्ड सप्लायर्स प्रालि गढी ६ सुनसरी र श्री डाइनामिक कन्स्ट्रक्सन तार्केश्वर काठमाडौंको ठेक्का तोडिएको सूचनामा उल्लेख छ।
उक्त कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढ्नुका साथै बाँकी काम सम्पन्न गर्न सरकारी नियम अनुसार असुल उपर गरिने भएको छ।
Facebook Comments Box