काठमाडौं : जिल्ला प्रशासन कार्यालय ललितपुरमा तुलसीबहादुर श्रेष्ठ सरूवा भएका छन्। गृह मन्त्रालयबाट आन्तरिक प्रशासन महाशाखामा रहेका थिए।
यस्तै जिल्ला प्रहरी परिसर ललितपुरको एसएसपी शेखर खनालको सरूवा भएको छ।
शुक्रबार गृह मन्त्रालयले उक्त निर्णय गरेको गृह मन्त्रालयका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए।
बालकुमारी घटनापछि ललितपुरका सिडिओ र प्रहरी प्रमुखको सरूवा भएको थियो। एसएसपी सिद्धीविक्रम शाहलाई प्रहरी हेडक्वार्टर तानिएको थियो।
Facebook Comments Box