धनगढी : दार्चुलामा एक युवती मृत फेला परेकी छन् । जिल्लाको महाकाली नगरपालिका–२ मैखोलीकी २० वर्षीया निर्मला सितोली आइतवार दिउँसोतिर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
घर नजिकैको पोलिहाउसको डण्डीमा झुण्डिएको अवस्थामा सितोली मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताए ।
सितोलीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box