डोटी : भालुको आक्रमणबाट डोटीमा दुई जना गम्भीर घाइते भएका छन । जिल्लाको आदर्श गाउपालीका ४ को रोडीगं भन्ने ठाउँमा बर्ष ५६ की गौरी देबि भाट र बर्ष ५० का जंङ्गी भाटको आज दिउँसो १ बजे तिर भालुले आक्रमणम गरी गम्भीर घाईते बनाएको आदर्श गाउपालीका ४ का अध्यक्ष खगेन्द्र ओझाले बताए ।
आइतबार दिउँसो आफ्नै घर नजीकै घाँस काटीरहेका बेला एक्कासी उनीहरुलाई भालुले आक्रमण गरेको वडा अध्यक्ष ओझाले बताए । भालुको आक्रमणबाट घाइते भएका दुबै जनालाइ डोटीमा सामान्य उपचारपछी थप उपचारका लागी धनगढी रेफर गरीएको वडा अध्यक्ष ओझाले जानकारी दीए ।
गम्भीर घाईते गौरी देबि भाटको आँखा छातीमा गहिरो चोट लागेको छ भने जंङ्गी भाटको निधार र मेरुदण्डमा गहिरो चोट लागेको समेत वडा अध्यक्ष ओझाले बताए ।
Facebook Comments Box