काठमाडौं : चारबुँदे माग राख्दै माइतीघर मण्डलमा प्रदर्शन गरेका डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।
डा. केसीले विगतमा भएका सहमति पालना गनुपर्ने, निषेधित क्षेत्र हटाउनुपर्ने, संक्रमणकालीन न्याय प्रक्रिया तत्काल टुंगोमा पुर्याउनुपर्ने र चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति अगाडि बढाउनुपर्ने माग अघि सारेका छन्।
मुखमा टेप लगाएका उनले हातमा आफ्ना मागहरु राखिएको प्ले कार्ड बोकेका थिए। तर निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। केसी सहित पवन थापा लगायत युवा अभियन्ताहरु प्रहरी नियन्त्रणमा छन्।
Facebook Comments Box