काठमाडौं : सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक भर्खरै सकिएको छ।
मन्त्रिपरिषद्ले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्ने निर्णय गरेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि (बिहीबार) कम्बोडिया जाने भएपछि खड्कालाई कार्यवाहक तोकिएको हो।
मन्त्रिपरिषद्मा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बस्नेतका अनुसार ग्रिन हाईड्रजन नीति पास गरेको छ।
Facebook Comments Box