धनगढी : नेपालगन्ज उपमहानगरपालिका–१८ की रिता लक्ष्मी आचार्यले सामाजिक अभियान सुरु गरेकी छिन । “स्वच्छ सफा समृद्ध समाज निर्माण” अभियान अन्तर्गत आचार्यले फोहोरमैला व्यवस्थापन गर्दै अभियानको सुरुवात गरेकी हुन् ।
उनले कञ्चन नेपाल नामक संस्था मार्फत महान अभियानको सुरु गरेकी छिन् । संस्थाकी अध्यक्ष रहेकी आचार्य समाज सेवामा सदैव सक्रिय देखिन्छन् । समाजमा पर्ने हरेक समस्यामा अग्र पंक्तिमा देखीने आचार्यले फोहोर ब्यबस्थापन अभियान सुरु गरेको बताइन् ।
उपमहानगरपालिका–१८ को वडा कार्यालयको सहकार्यमा कञ्चन नेपालद्वारा फोहोर ब्यबस्थापन कार्य प्रारम्भ गरिएको हो । कञ्चन नेपालका पदाधिकारी सहित अभियानमा सहभागि रहेका थिए ।
पहिलो र दोस्रो दिन वडा विभिन्न टोलमा फोहोर ब्यबस्थापन ड्राम तथा घरधुरी फोहोर कार्ड वितरण गरिएको छ । अभियानमा वडा बासीको सहयोगले उत्साह थपेको उनले बताइन् ।
संस्थाका कोषाध्यक्ष नारायण पौडेलले अभियानमा टोलबासिको उत्साह पुर्बक सहभागिताको अपेक्षा रहेको बताए । उनलेराज्यको नीतिलाई हामी सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न जरुरी रहेको बताए ।