काभ्रे: काभ्रेको बनेपा नगरपालिका–९ का वडाध्यक्ष नृपेश वादे १५ लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधवार राति नियन्त्रणमा लिएको छ।
अध्यक्ष वादेले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिने क्रममा आयोगको टोलीले नियन्त्रणमा लिइएको जनाएको छ।
अध्यक्ष वादेबाट आयोगको टोलीले जापनिज रकम १० हजार र अमेरिकी डलर एक सय रुपियाँसहित कार नियन्त्रणमा लिएको छ।
घुस लिने क्रममा भक्तपुर, मध्यपुर थिमि नपा ३ गठ्ठाघरबाट बुधवार राति नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
Facebook Comments Box