धनगढी : चीनको ताक्लाकोटमा होटेल व्यवसाय गर्दै आएका एक जना नेपालीको मृत्यु भएको छ। अचानक प्रेसरले हानेपछि ताक्लाकोटकै होटेलमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
सीमा सुरक्षा प्रहरी हिल्साका (बिओपी) सशस्त्र प्रहरी निरीक्षक पप्पु यादवले सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला जोरायाल गाउँपालिका–२ का ५२ वर्षीया बीरबहादुर थापाको चीनको ताक्लाकोटमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए।
उनले मृतक थापालाई अचानक सन्चो नभएपछि अस्पताल लगिएको र माघ ३ गते राति एक बजे अस्पतालले मृतक घोषणा गरेको बताए।
थापा पाँच महिनाअघि हिल्सा नाका हुँदै चीनमा होटेल व्यवसाय गर्न ताक्लाकोटतर्फ लागेका थिए। उनले मृतक थापाको लाशलाई बिहीबार बिहान नौ बजेर २५ मिनेटमा ताक्लाकोटबाट हिल्सा ल्याइपु र्याएको बताए।
हिल्साबाट सिम्रिक एयरको हेलिकोप्टरलाई दुई लाखमा रिजर्भ गरेर ९ः५५ मा सिमकोटका लागि उडेको उनले बताए।
शवलाई बिहीबार सीता एयरमा तीन लाख पच्चीस हजारमा रिजर्भ गरेर नेपालगञ्ज लगिएको छ। नेपालगञ्जबाट लाशलाई जिल्लामा लगिने मृतकका साला जनककुमार भण्डारीले जानकारी दिए।