धनगढीः कैलालीको फुलबारीमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवको गाडीमा तोडफोड भएको छ।
सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव जिवनाथ पौडेल सवार सुपप्र ०१००१ झ ४९३ नम्बरको गाडिमा बुधवार तोडफोड भएको हो।
कैलालीको धनगढी उपमहानगरपालिका–१९ बसन्ताको वनबाट अवलोकन गरि फर्किने क्रममा गाडिमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रहरी निरीक्षक सन्तोस बस्यालले जानकारी दिए।
तोडफोडबाट गाडीको सिसामा क्षति भएको प्रहरीले बताएको छ। तोडफर्डमा सङ्लङ्न रहेको भन्दै प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए।
Facebook Comments Box