धनगढीः अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट विक्री भएको पाइएको छ। जारी प्रादेशिक महोत्सवमा २८ वटा ठेली नक्कली टिकट बिक्र हुँदै गरेको भेटिएको हो।
महोत्सव आयोजक अत्तरिया उद्योग वाणिज्य संघले २८ वटा टिकटका ठेली नक्कली रहेको भन्दै नियन्त्रणमा लिएको छ।
सुदूरपश्चिम प्रादेशिक महोत्सवमा एक लाख ४० हजारको नक्कली टिकट विक्रीका लागि ठेली छपान भएको पाइएको हो।
आयोजकले दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, अत्तरियालाई टिकट विक्रीको जिम्मा दिएको थियो।
दुर्गालक्ष्मकी बहुमुखी क्याम्पसका स्ववियु सभापछि भूवन महराले प्रति टिकटमा २ रुपैयाँ स्ववियुले पाउने सम्झौताका साथ काम गरेको बताए।
अत्तरिया उद्योग वाणिज्य संघले नक्कली टिकटको विषयमा छानबिन जारी रहेको बताएको छ। उद्योग वाणिज्य संघका महासचिव शंकर खड्काले २८ वटा ठेली नियन्त्रणमा लिएको बताए।
Facebook Comments Box