धनगढी : कैलालीमा सशस्त्र प्रहरी बल नेपालले आफ्नो २३ औं सशस्त्र प्रहरी वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाइरहेको छ। वार्षिकोत्सबको अवसरमा सशस्त्र प्रहरी बलले जिल्ला विभिन्न स्थानहरुमा कार्यक्रमहरु भईरहेका छन् ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका सूचना अधिकारी एसएसपी रमेश कुमार पाण्डेका अनुसार सीमाबासीसंग सशस्त्र प्रहरी बल नेपाल र समुदाय बिचको साझेदारी कार्यक्रम र टिकापुरको कालाकुण्डास्थित सार्वजनिक चौतारो निर्माणको शुभारम्भ भएको छ ।
कार्यक्रम टिकापुर नगरपालिका नगर प्रमुख रामलाल डगौरा थारु र सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेको उपस्थिती रहेको थियो । साथै कार्यक्रममा स्थानिय जनप्रतिनिधी तथा विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
यस्तै दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुरमा सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम तथा सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गणले रक्तदान तथा विभिन्न खेलकुद प्रतियोगिताहरु सम्पन्न गरेको छ ।
नेपाल रेडक्रस सोसाईटी शाखा कार्यालय धनगढीको सहकार्यमा भएको रक्तदान कार्यक्रममा १३ जनाले रक्तदान गरेका थिए ।