धनगढी : बझाङको बित्थडचिर गाउँपालिकाले स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) सार्वजनिक गरेको छ। सार्वजनिक गरेको लिजाको नतिजामा बित्थडचिरले अघिल्लो आर्थीक बर्षभन्दा सुधार गरेको छ ।
सुचना अधिकारी रमेशबहादुर बिष्टका अनुसार उक्त गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि लिजामा ६०.२५ प्रतिशत अंक ल्याएको छ। गाउँपालिकाले अघिल्लो आव ०७८/७९ मा ४४.२५ प्रतिशत अंक प्राप्त गरेको थियो।
‘अघिल्लो आर्थीक बर्षको तथ्यांक हेर्दा सुधार देखियो’, बिष्टले भने। काम गर्दै जाने हो सुचकहरुमा सुधार हुदै जान्छ ।’ निर्धारित समयमै इन्ट्र गर्दा सबैभन्दा अगाडि लिजा सार्वजनिक भएको उनले सुनाए । विभिन्न १० वटा विषय क्षेत्रका १०० वटा सुचकका आधारमा स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन गर्ने गरिएको उनले बताए ।
बिष्टले २०७८ माघ देखि २०८० भदौसम्म झण्डै डेढ बर्ष आफैले प्रमुख प्रशासकिय अधिकृत भएर गाउँपालिका सम्हालेका थिए ।