बाजुरा : बाजुराको बुढीगंगा नगरपालिका–७ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ।
लामो समयदेखी वडा सचिव पंजिका अधिकारी र प्राविधिक नहुँदा नागरिकलाई समस्या भएको भन्दै स्थानीय राजनीतिक दलहरूले तालाबन्दी गरेका हुन्।
चार ओटा राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सार्वजनिक सूचना टाँस गर्दै वडा सचिव र प्राविधिकको व्यवस्था नभएसम्मका लागि तालाबन्दी जारी राख्ने उल्लेख गरिएको छ।
Facebook Comments Box