काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंहको विवाह आज हुँदै छ।
गायिका शिवानी श्रेष्ठसँग जयवीरले आज लगनगाँठो कस्न लागेका हुन्।
विवाहमा फूल माला, खादा र उपहार भने नल्याउन निम्तालुलाई आग्रह गरिएको छ।
आज विवाह गरे पनि प्रिति भोज भने २ फागुनमा आयोजना हुने छ। गत १९ जेठमा जयवीर र शिवानीले इन्गेजमेन्ट गरेका थिए।
Facebook Comments Box