बाजुरा : बाजुराकी एक सुत्केरी आमाको सुर्खेतमा मृत्यु भएको छ। जिल्लाको जगन्नाथ गाउँपालिका-२ कि २८ वर्षीय सुकिली सार्कीको मृत्यु भएको हो।
उनको शनिवार नेपाली सेनाको हेलिकप्टर मार्फत कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल उद्धार गरिएको थियो। शनिवार सुकिली सार्कीको पेटबाट अप्रेसन मार्फत मरेको बच्चा निकालेको थियो।
उपचारको क्रममा आइतवार बिहान ५ बजेतिर उनको मृत्यु भएको वडा नम्बर २ का अध्यक्ष गौरी सार्कीले बताए। उनलाई सुत्केरी व्यथा लाग्ने बितिकै कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए।
त्यहाँ उपचार सम्भव नहुने भन्दै रिफर गरिएको थियो। सुकिलीलाइ राष्ट्रपति उत्थान कार्यक्रम मार्फत सेनाको हेलिकप्टर मार्फत सुर्खेत लगिएको थियो।
मृतक सुकिलीलाई गाउँपालिकाले गाडीको व्यवस्थापन गरेर घर ल्याउन लागेको जगन्नाथ गाउँपालिकाले जनाएको छ। उनका दुई सन्तान रहेका छन्।