कञ्चनपुर : कञ्चनपुर जिल्लाकै सर्वाधिक धनराशि रहेको छैटौं अरनिको सैनिक कप २०८० उपाधि आयोजक अरनिको युवा क्लबले जितेको छ ।
प्रतियोगिताको अन्तिम खेलमा आयोजक अरनिको युवा क्लबले त्रिभुवन युवा क्लबलाई ट्राईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै छैटौं उपाधि जितेको हो ।
अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक रूपमा सम्पन्न भएको खेलमा मध्यन्तर अघि अरनिको युवा क्लबका लागि डिफेन्डर दिपेन सिहंले १ गोल सहितको खाता खोलेको थियो । लगत्तै मध्यन्तर पश्चात त्रिभुवन युवा क्लबका खेलाडी प्रमोद तामाङले पनि त्रिभुवनका लागि १ गोल गर्दै खेललाई बराबरीमा पुर्याएको थियो ।
मध्यान्तरपछि त्रिभुवन युवा क्लबले गोल फर्काए पश्चात् खेल निकै नै रोमाञ्चक बनेको थियो । बराबर एक एक गोलको प्रतिष्पर्धात्मक र उत्कृष्ट खेल प्रदर्शनका बिच निर्धारित समय भित्र दुुबै टिमबाट गोल गर्न नसक्दा फाईनल खेल ट्राईब्रेकरमा प्रवेश गरेको थियो ।
अरनिको युवा क्लबका खेलाडी दिपेन सिहले मध्यान्तर अघि प्रहार गरेको पहिलोे गोल र मध्यान्तर पछि त्रिभुवनका लागि प्रमोद तामाङले प्रहार गरेको जवाफी गोल नै ट्राईब्रेकरबाट फाईनल खेललाई टुङ्गो दिने निर्णायक भुमिका बन्न पुग्यो उक्त ट्राईब्रेकरमा एक गोल चुक्न पुगी त्रिभुवन युवा क्लब ५–४ गोल अन्तरले उपविजेतामै सीमित हुनुप¥यो ।
विजेताले उपाधिसँगै नगद २ लाख ६० हजार रुपैयाँ सहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता त्रिभुवन युवा क्लबलाई नगद १ लाख ३० हजार रुपैयाँ सहित मेडल, कप र प्रमाणपत्र प्रदान गरिएको आयोजक समितिका सचिव दिपेश तामाङले जानकारी दिए ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि अरनिको युवा क्लबका खेलाडी बिकेस तामाङ घोषित भए उनलाई नगद रु १० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र सहित सम्मानित गरिएको थियो ।