काठमाडौँ : फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटको दोस्रो चरणमा आज (बिहीबार) नेपाल बहराइनसँग भिड्दै छ।
बहराइनको घरेलु मैदानमा हुने खेल नेपाली समयानुसार राति पौने १ बजे सुरु हुनेछ।
होम एन्ड अवेका आधारमा खेल हुने भए पनि दशरथ रगंशाला खेल्न अयोग्य भएपछि नेपालले दुवै खेल बहराइनमा खेल्ने भएको हो।
नेपालले न्युट्रल भेन्युका रूपमा भुटान र साउदी अरब प्रस्ताव गरे पनि बहराइनले खेल्न अस्वीकार गर्दै दुवै खेल आफ्नै मैदानमा खेल्ने बताएको हो।
नेपालले पहिलो चरणको पहिलो लेगमा लाओससँग बराबरी गरेको छ भने दोस्रो लेगमा १–० को जित हासिल गरेको छ।
नेपाल समग्रमा १–० नतिजा निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको हो।
दोस्रो चरणमा नेपाल रहेको समूहमा बहराइनसँगै यमन र यूएई छन्।
Facebook Comments Box