धनगढीः कैलालीका अत्तरियामा बिग्रेको सिसिटीभीको मर्मत गरिएको छ। इलाका प्रहरी कार्यालय मालाखेती अन्तर्गत पर्ने राजमार्ग र बजार क्षेत्रमा जडान गरिएका सिसिटीभीको मर्मत गरिएको हो।
जडान गरिएका तर बिग्रिएका सिसिटीभीको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक उद्धवराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले मर्मत गरेको बताइएको छ। जसमा १३ थान सिसिटीभीको मर्मत गरेर सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।
Facebook Comments Box