काठमाडौं : नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको निर्देशनको अवज्ञा गरेको छ ।
प्रचण्डले गत असार १२ गते सुदूरपश्चिम पार्टीलाई प्रदेश संसदीय दलको नेताका स्थायी कमिटी सदस्य खगराज भट्टलाई दल नेतामा पुर्नस्थापित गर्न लिखित निर्देशन दिएका थिए । तर, निर्देशन पालना हुन सकेको छैन ।
भट्ट सुदूरपश्चिममा माओवादीका सबैभन्दा सिनियर नेता हुन् ।
सुरुमा दल नेता भट्ट नै भएपनि पछि सांसद मानबहादुर धामीले बहुमतबाट भट्टलाई दल नेताबाट हटाउँदै आफु नेता भएका थिए ।
सभामुखबाहेक १० सांसद सांसदमध्ये धामीको पक्षमा ६ जना पुगेका थिए भने भट्टको पक्षमा ४ जना थिए ।
तर अहिले भट्ट र धामी दुवैको पक्षमा ५/५ जना छन् ।
Facebook Comments Box