दार्चुला: महाकाली नगरपालिका–४ बङ्गाबगरस्थित आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ।
मार्मा गाउँपालिका–५ गोल्फा स्थायी घर भई बङ्गाबगरमा बसोबास रहेका ३६ वर्षीय राजेन्द्र महताको शुक्रबार साँझ छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार छिमेकीको घरको छतबाट आफ्नै घरको छतमा फाल हाल्ने क्रममा खसेर उनको घटनास्थलमै मृत्यु भएको हो।
घर तल महाकाली किनारतिरबाट बाढीले बाटो बगाएपछि छिमेकीको घरको छतबाट आफ्नो छतमा जाने क्रममा खसेर उनको घटनास्थलमै मृत्यु भएको दार्चुला प्रहरीका प्रवक्ता कान्तिराज जोशीले बताए।
Facebook Comments Box