धनगढी: कञ्चनपुरमा सवा पाँच लाख मूल्य बराबरको अवैध सामान बरामद भएको छ।
शुक्रबार दिउँसो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले भीमदत्त नगरपालिकाको भाँसीबाट अवैध सामान बरामद गरेको हो।
मोबाइल कभर, स्विच, स्विच बोर्ड लगायत गरेर पाँच लाख १३ हजार बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
पूर्व–पश्चिम राजमार्गमा गाडीमा सामान लोड गर्न राखेको अवस्थामा बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालय बुझाइने प्रहरीले जानकारी दिएको छ। पछिल्लो समय जिल्लामा भारतबाट इलेक्ट्रोनिक सामानको तस्करी बढेको पाइएको छ। त्यसमा प्रहरीले निगरानी राखेको छ।
Facebook Comments Box