धनगढी: बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा पदका लागि भएको उपनिर्वाचनमा नेकपा एमालेले अग्रता कायम गरेको छ।
१ हजार ७०५ मतगणना गर्दा सम्म नेकपा एमालेकी उम्मेदवार सुलोचना कुमारी भण्डारी बुढाले ७६५ मत पाएकी छन्। कांग्रेसकी उम्मेदवार पुलतीसरा शाहीले ६६४ मत पाउँदा नेकपा एकीकृत समाजवादीकी जवा शाहीले २३५ मत पाएकी छन्।
७ हजार ४६० मतदाता मध्ये उपाध्यक्षलागि ३ हजार ९०३ जनाले मतदान गरेका थिए।
२०७९ को निर्वाचनमा एमाले काङ्ग्रेसकै प्रतिस्पर्धामा कांग्रेस उम्मेदवार मैनादेवी जैसी विजयी भएकी थिइन्। उनको निधन भएपछि उपनिर्वाचन भएको हो।
Facebook Comments Box