धनगढी: कञ्चनपुरकाे लालझाडी गाउँपालिका- १ का ४५ वर्षीय रमेश बडायक दम्पतीकाे हत्या आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ।
९ कार्तिकमा धारिलाे हतियार प्रहार गरि बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको हत्या गरेकाे अवस्थामा घरमै शव भेटिएको थियाे।
उनीहरूकाे हत्यामा संलग्न भएकाे पाइएपछि लालझाडी गाउँपालिका-२ बस्ने ५० वर्षीय गंगाराम चौधरी (राना) लाई पक्राउ गरिएको कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक(एसपी) चक्रराज जाेशीले जानकारी दिए।
उनकाअनुसार रानालाई पक्राउ गरेपछि म्याद थप गरेर घटनाबारे अनुसन्धान भइरहेको छ। प्रारम्भिक बयानका क्रममा रानाले बडायक दम्पतीकाे हत्या गरेकाे स्वीकार गरेका छन्।
८ कार्तिककाे राति मदिरा सेवन गरेर बडायककाे नास्ता पसलमा पुगेका रानाले मदिरा नदिएकाे निहुँमा आवेशमा आएर धारिलाे हतियार प्रहार गरि हत्या गरेकाे बयान दिएका छन्।
“एक क्वाटर दिनुहोस् भनेर बडायककाे पसलमा पुगेकाे थियाे। उनले छैन् भनेर तथानाम गर्दै ममाथि हातपात गरे,” रानाले बयानमा भनेका छन्, “तलाई देखाउँछु भनेर हान्ने चिज खाेज्दै थिए। त्यही बेला नजिकै काठकाे डन्डा पाएपछि बडायकलाई हिर्काएर बेहाेस् बनाए। त्यसपछि त्यही भेटिएको धारिलो हतियारले प्रहार गरे।”
सुरुमा श्रीमानलाई आक्रमण गरेपछि श्रीमती कराएको र त्यहीँबेला श्रीमतीलाई पनि हत्या गरेको प्रहरीले जनाएको छ। अहिलेसम्म पनि उनले आफूले आक्रमण गरेको हतियार भने प्रहरीलाई देखाउन सकेका छैनन्।
बडायककाे हत्यापछि घरकाे बरण्डामा झुलभित्र सुतिरहेकी उनकी श्रीमतीको पनि हत्या गरेकाे रानाले बताएका छन्।
कञ्चनपुर प्रहरीले याे घटनामा प्रदेश प्रहरी कार्यालयसँगै नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे सीआईबीकाे टाेलीसँग पनि प्राविधिक सहयोग मागेकाे थियो।
कार्तिक ९ गते बिहान आफ्नै घरमा दुवैको शव भेटिएको थियो। प्रहरीले घटनाबारे अनुसन्धान थालेपछि आक्रमण गर्ने व्यक्ति र कारण भने पत्ता लगाउन सकेको थिएन। घटनको करिब डेढ महिनापछि रक्सीका कारण दुबै जनाको हत्या भएको प्रहरीले ठहर गरेको छ।
९ कात्तिकमा रमेशको शव आँगनमा भेटिएको थियो भने उनकी श्रीमती कमलाको शव नजिकै बरन्डामा भेटिएको थियो। कमलाको शव सुत्ने ओछ्यानको नजिकै झुलमा रक्ताम्य अवस्थामा भेटिएको थियो। मृतक बडायक दम्पती लामो समयदेखि नास्ता पसल चलाउँदै आएका थिए। गाउँको घरभन्दा करिब साढे एक किलोमिटर टाढा उनीहरूले मदिरासहितको नास्ता पसल थियो।
यो सघटना झण्डै डेढ महिना समय लगाएर प्रहरीले अनुसन्धान गरेपछि केस सुल्झिएको हो। गत महिनाको ८ गते राति घटना घटेकोमा तत्कालै प्रहरीले अनुसन्धान थालेको थियो।
यस अगाडि प्रहरीलाई चुनौतीपूर्ण मानिएको सो घटनाको अनुसन्धानका लागि सिआईबीको टोली पनि घटनास्थलमा खटिएको थियो। सो टोलीले प्राविधिक रुपमा समेत अनुसन्धान गरेको थियो।
जसका लागि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) का दुईजना प्रहरी कर्मचारी घटनास्थलमा पठाइएका थिए। जसको नेतृत्व वरिष्ठ सई सुर्यभक्त श्रेष्ठले गरेका थिए।
त्यस अगाडि पनि सो घटनाको अनुसन्धानका लागि छानबिनका काबिल मानिने सई पदम थापालाई त्यहाँ पठाइएको थियो। त्यस अगाडिदेखि जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेश जोशीको टोलीसहित, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको पीआईटी टोली, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको अनुसन्धान टोलीले पनि घटनाको अनुसन्धान गरेका थिए।
गत कार्तिक महिनाको ८ गते राति लालझाडी गाउँपालिका–१ बिनावारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।
मृतक बडायक दम्पती लामो समयदेखि नास्ता पसल चलाउँदै आएका थिए। गाउँको घरभन्दा करिब साढे एक किलोमिटर टाढा उनीहरूले मदिरासहितको नास्ता पसल चलाउँथे। उनीहरू पसल रहेको घरमा बस्ने गरेका थिए।
हत्यापछि रमेशको शव आँगनमा भेटिएको थियो भने उनकी श्रीमती कमलाको शव नजिकै बरन्डामा भेटिएको थियो। कमलाको शव सुत्ने ओछ्यानको नजिकै झुलमा रक्ताम्य अवस्थामा भेटिएको थियो। प्रहरीको प्रारम्भिक अनुसनधानबाट उनीहरुको बीभत्स हत्या भएको खुलेको थियो।
र, यो पनि: कञ्चनपुरमा दम्पती हत्या प्रकरण: हत्या आरोपित पक्राउपछि म्याद थप गरिदैं