धनगढी: कैलालीमा लागूऔषधसहित समातिए नौ जना पक्राउ परेका छन्। जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो। धनगढी उपमहानगरपालिका–३ बाट मिलन चोक बस्ने २४ वर्षीय सरोज चौधरी पक्राउ परेका छन्। उनलाई ५ ग्राम २९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो।
यस्तै, कैलालीको कैलारी गाउँपालिका–७ कटानी पुलबाट सोही ठाउँका २० वर्षीय अविनाश चौधरी र २० वर्षीय दिनेश चौधरीलाई ४१० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
धनगढी उपमहानगरपालिका–८ बुद्धचोकबाट सोही ठाउँ बस्ने २४ वर्षीय सुमित घिमिरेलाई १ ग्राम ७५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ भने धनगढी उपमहानगरपालिका– पुरानो भन्सार नजिकबाट वडा नम्बर १३ बस्ने ३८ वर्षीय दीपक भट्टलाई लागूऔषधसहित पक्राउ गरिएको छ।
यस्तै, गोप्य सूचनाको आधारमा लागूऔषध सेवन गरिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका– ७ देवरियाबाट सोही ठाउँ बस्ने २३ वर्षीय दिपलाल रानासमेत चार जनालाई पक्राउ गरिएको छ। उनीहरुको साथबाट ११० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको छ।