धनगढी: धनगढीमा एक युवकमाथि रड प्रहार भएको छ। आइतबार साँझ धनगढी उपमहानगरपालिका ३ का २३ वर्षीय सुरज चौधरीमाथि २८ वर्षीय अमित चौधरीले रड प्रहार गरेको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले सामान्य विवादका क्रममा सुरजमाथि रड प्रहार भएको र उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको बताएको छ। रड प्रहार गर्ने अमितलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
Facebook Comments Box