काठमाडौं: वरिष्ठ अधिवक्ता दामोदर खड्का न्याय परिषद् सदस्य नियुक्त भएका छन्।
कानुन व्यवसायीको तर्फबाट नेपाल बार एसोसिएशनको सिफारिसमा उनी आज उक्त पदमा नियुक्त भएका हुन्। संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (ङ) बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई न्याय परिषद सदस्य नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
हिजो संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेको थियो। बारको कोटामा न्याय परिषद्मा गएका रामप्रसाद श्रेष्ठले अवकाश पाएपछि रिक्त पदमा खड्काको नाम सिफारिस भएको थियो।
Facebook Comments Box