धनगढी: कैलालीमा भारतबाट अवैध रुपमा ल्याइरहेको अवस्थामा राँगा र गोरुलाई नियन्त्रणमा लिइएको छ।
गएराति साढे ९ बजेतिर भजनी नगरपालिका–५ नजिकै पर्ने डाक्टर घाटबाट नेपालतर्फ ल्याइरहेका दुई राँगा र चार गोरु नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले राति कालिका सामुुदायिक वन नजिक पर्ने अवैध बाटो प्रयोग गरेर डाक्टर घाटबाट डल्लबसहित ल्याइरहेको अवस्थामा राँगा र गोरुलाई नियन्त्रणमा लिइएको बताए तर मानिसहरु भने भागेका छन्।
दुुई राँगाको अन्दाजी एक लाख, चार गोरुको २० हजार र तीन वटा डल्लबको ७५ हजार रुपैयाँ निर्धारण गरिएको छ। बरामद गरिएको डल्लबसहित राँगा र गोरु कानुनबमोजिम सम्बन्धीत निकायमा बुझाइने प्रहरीले जनाएको छ।
Facebook Comments Box