कञ्चनपुर: कञ्चनपुरको गड्डाचौकी नाकाबाट ५.८१ मिलिग्राम खैरो हेरोइनसहित दुई जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का २४ वर्षीय समिर डगौरा र २१ वर्षीय राहुल चौधरी रहेका छन्।
प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको विशेष टोलीले भारतबाट नेपाल प्रवेश गर्ने क्रममा म.२प.१४२४ नम्बरको एफजेडएस मोटरसाइकलमा सवार उनीहरूलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार समिर डगौराले लगाएको रातो पाइन्ट भित्र निलो रंगको कट्टुमा, लिङ्गको भागमा प्लास्टिकमा बेरिएको अवस्थामा लागूऔषध लुकाएर ल्याउँदै गरेको पाइएको थियो। प्रहरीले उक्त अवस्थामा ५.८१ मिलिग्राम खैरो हेरोइन बरामद गरेको हो।
बरामद लागूऔषधसहित उनीहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको प्रहरीले जनाएको छ।
Facebook Comments Box