काठमाडौं: काठमाडौं महानगरपालिकाको प्रहरी बलको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) विष्णुप्रसाद जोशीले सम्हालेका छन्।
प्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डे निलम्बित भएपछि जोशीलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो।
धनगढी उपमहानगरपालिका -२ सन्तोषीटोल स्थायी घर भएका जोशी यसअघि कामपाको विपद् व्यवस्थापन विभागमा कार्यरत थिए।
यस अगाडि काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख पाण्डेलाई ६ महिनाको लागि निलम्बन गरिएको हो।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन्।
Facebook Comments Box